पोखरा । पोखरामा तीन वटा लायन्स क्लवको संयूक्त पदस्थापन कार्यक्रम सम्पन्न भएको छ ।
शनिबार साँझ एक विशेष कार्यक्रमकाबीच लायन्स क्लव अफ पोखरा बिरौटा साझा चौतारी, लयान्स क्लव अफ पोखरा पिस हिमालय सिटी र लायन्स क्लव अफ पोखरा गलेश्वर सेन्चुरीका वर्ष २०२३–२४ का अध्यक्ष तथा पदाधिकारीहरुलाई एकै पटक पदस्थापन गरिएको हो ।
गत जुलाईमा निर्वाचित पोखरा बिरौटा साझा चौतारीका अध्यक्ष लक्ष्मी बराल आचार्यलाई निवर्तमान अध्यक्ष कल्पना आर्यालले , पिस हिमालय सिटीका अध्यक्ष जगतमोहन गिरीलाई निवर्तमान अध्यक्ष ईश्वरी प्रसाद लम्सालले र गलेश्वर सेन्चुरीका अध्यक्ष सुन्दर श्रेष्ठलाई मोहन अधिकारीले पदभार हस्तान्तरण गरेका थिए ।
पदस्थापनपछि बोल्दै लायन्स क्लव अफ पोखरा बिरौटा साझा चौतारीका अध्यक्ष लक्ष्मी बराल आचार्यले आफ्नो कार्यकाललाई स्वर्णिम बनाउनका लागि स्वास्थ्य सचेतना कार्यक्रम, लायन्स क्वेष्ट कार्यक्रम, न्यानो कपडा वितरण, स्टेसनरी वितरण, भईपरि आउने विपत्तिमा सहयोग तथा राहत लगायत कार्यक्रम निर्धारण गरेर अगाडी बढ्ने प्रतिवद्धता व्यक्त गरिन् ।
त्यस्तै लायन्स क्लव अफ पोखरा पिस हिमालय सिटीका अध्यक्ष जगतमोहन गिरीले आफ्नो क्लवमा सबै क्षेत्रमा आवद्धता भएका सदस्यहरुको रहेको भन्दै उनीहरुको मनोभावनालाई समेटेर कार्यक्रम गर्नेे प्रतिवद्धता व्यक्त गरे । उनले यसअघिका कार्यक्रमहरुलाई निरन्तरता दिँदै थप रचनात्मक कार्यक्रमहरुपनि आफ्नो कार्यकालमा सञ्चालन गर्ने योजना रहेको सुनाए ।
कार्यक्रममा लायन्स क्लव अफ पोखरा गलेश्वर सेन्चुरीका अध्यक्ष सुन्दर श्रेष्ठले क्लवले आधा दर्जन बढी कार्यक्रम यसअघि नै सम्पन्न गरिसकेको जानकारी दिए । उनले गत वर्षजस्तै बाँकी रहेका कार्यक्रमलाई निरन्तरता दिँदै जाने प्रतिवद्धता व्यक्त गरे ।
कार्यक्रमका प्रमुख अतिथि लायन्स क्लव ३२५ एमका डिष्ट्रिक्ट गभर्नर भिमलाल पौड्यालले तीन वटै क्लव सामाजिक कार्यमा अब्बल क्लव भएको भन्दै क्लव अध्यक्ष तथा पदाधीकारीहरुको प्रशंसा गरे । उनले निवर्तमान अध्यक्षहरुले जस्तै गरि कार्यक्रमलाई निरन्तरता दिन कुनै कन्जुस्याईं नगर्न आग्रह गरे ।
कार्यक्रममा प्रथम डिष्ट्रिक्ट भाइस गभर्नर चण्डीप्रसाद अर्याल, द्वितिय डिष्ट्रिक्ट भाइस गभर्नर धनिराम बराल, डिष्ट्रिक्ट चिफ एड्मिनिस्टेटर किशोर बराल, पीआरओ दीपक खरेल, को–चिफ एड्भाइजर शिवराज आचार्य, चिफ अफ कन्स्यूलर उमानाथ बराल, जिएटी कोअर्डिनेटर चुणामणी बराल लगायतले क्लवहरुले आफूभन्दा कम भाग्यमानी तथा सिमान्तकृत समुदायको हितमा अनुकरणीय कार्य गरेको बताए ।
पहिलो सत्रको कार्यक्रमको अध्यक्षता पोखरा बिरौटा साझा चौतारीका निवर्तमान अध्यक्ष कल्पना आर्याल र दोश्रो सत्रको लक्ष्मी बराल आचार्यले गरेको कार्यक्रममा स्वागत कार्यक्रम संयोजक जोन चेयर पर्सन गिता पराजुली र धन्यवाद ज्ञापन रिजन–९ का रिजन चेयर पर्सन भोजराज बराल, झण्डाको अभिवादन गलेस्वर सेन्चुरी र कार्यक्रमको सञ्चालन लायन्स क्लव अफ पोखरा हिमालय सिटीका पूर्व अध्यक्ष एवं सिनियर एड्भाइजर गोविन्द काफ्लेले गरेका थिए ।
सम्बन्धित खबर
२९ वर्ष पुरानो हत्या प्रकरणका फरार दोषी पक्राउ
परालको टौवामा आगो लगाएको आरोपमा एक जना पक्राउ
लागूऔषधसहित दुई युवक पक्राउ
२९ वर्षपछि बहुविवाह मुद्दाका फरार दुई पक्राउ
ट्होटे पर्व: स्याङ्जाको फेदीखोलामा आज सार्वजनिक बिदा
स्याङ्जा मालपोत अगाडि विचौलिया समातिए, सेवाग्राहीलाई हैरानी दिएको आरोप
यो पनि पढौँ
मध्यरातमा किशोरीले बोलाएर भेट्न जाँदा पोखरामा लाहुरे ट्रेनिङ गरिरहेका स्मिथको हत्या, ३ पक्राउ
वडा सदस्य भण्डारीको जन्मदिनमा रक्तदान, १५१ युनिट संकलन
शान्ति निकेतनमा पूर्व आधारभूत तहका विद्यार्थी दीक्षित
कलाकार सागर लम्साल ‘बले’माथि बलात्कार आरोप