गुल्मीबाट बुटवल हुँदै काठमाण्डाैतर्फ जाँदै गरेको स्कोर्पियो पहिराेमा पर्दा तीन जनाको च्यापिएर मृत्यु भएकोमा सबैकाे पहिचान खुलेकाे छ । दुर्घटनामा परी घाइते हुने ८ जनाको पनि नाम वतन खुलेको प्रहरीले जानकारी दिएकाे छ ।
पाल्पा प्रहरीका अनुसार मृत्यु हुनेमा पाेखरा २५ हेम्जाका विनाेद तिम्सिना पनि रहेका छन् । उनी गुल्मीकाे तम्घास स्थित सिद्ध माविका शिक्षक रहेकाे जानकारले बताएका छन् । दुर्घटनामा ज्यान गुमाउनेमा जिल्ला प्रहरी कार्यालय गुल्मीमा कार्यरत प्रहरीका सहायक हवल्दार ३२ वर्षीय यमबहादुर बोहरा र गुल्मीको रेसुंगा नगरपालिका- ७,भुजेलखर्ककी की ५० वर्षीया मनकला चुदारा छन्।
लु १ ज ४६०० नम्बरको उक्त स्काेर्पियाे पाल्पाको रिब्दिकोट गाउँपालिका- २ जोर्तेमा बिहान सवा ८ बजे उकालोमा गुडिरहेका बेला गाडिमाथि पहिरो (ढुंगा) खसेको हाे । मृत्यु हुनेमा एक जना प्रहरी पनि रहेका छन् ।
जीपमा सवार तीन बच्चासहित ८ जनालाई तत्काल उद्धार गरी उपचारका लागि पठाइएको थियाे । पहिरो खस्दा पाल्पा–गुल्मी सडक खण्ड बन्द भएको छ।
घाइतेकाे नामावली
१.जिल्ला गुल्मी रेसुङ्गा न.पा. ८ खानीगाउँ बस्ने बर्ष अन्दाजी ४० की शोभा घर्ति मगर(ढाडमा चोट अबस्था मध्यम)
२.जिल्ला गुल्मी रेसुङ्गा न.पा. ८ खानीगाउँ बस्ने बर्ष ३७ की सुस्मा राना(निधारमा सामान्य चोट)
३.सुस्मा रानाको छोरी बर्ष ६ की सुरबी राना(बाहिरि चोट नभएको अबस्था सामान्य)
४.सुस्मा रानाको छोरी बर्ष ५ महिनाको सुबिया राना(बाहिरी चोट नभएको अबस्था सामान्य)
५.ऐ.८ खानीगाउँ बस्ने बर्ष ४५ को टेक बहादुर जि.एम.(घाँटी र ढाडमा चोट अबस्था मध्यम)
६.ऐ.८ खानीगाउँ बस्ने बर्ष २७ की स्विकृती थापा(ढाड र छातीमा चोट अबस्था मध्यम)
७.स्वीकृती थापाको छोरा बर्ष ५ को सुरेन थापा(टाउको र हातमा सामान्य चोट)
सम्पूर्ण घाईतेहरुको लुम्बिनी मेडिकल कलेज प्रभास पाल्पामा उपचार भैरहेको ।
८.जिल्ला गुल्मी रेसुङ्गा न.पा. ८ खानीगाउँ बस्ने बर्ष ३६ को बालकृष्ण श्रेष्ठ (अवस्था सामान्य रहेको)
सम्बन्धित खबर
मोटरसाइकल ठोक्किएर आगो लाग्दा एसईई दिएर फर्किँदै गरेका ३ विद्यार्थीको मृत्यु, ३ जना घाइते
स्याङ्जामा जिप दुर्घटना, ११ जना घाइते
पोखरामा गाडीको ठक्करबाट पैदलयात्रीको मृत्यु
रास्वपाको चुनाव प्रचार गर्ने गाडीले ठक्कर दिँदा ४ जना घाइते
गोरखामा जिप दुर्घटना हुँदा चालकको मृत्यु
धादिङ बस दुर्घटना: १९ मृतकको पहिचान खुल्यो, मृतक तीन विदेशी
यो पनि पढौँ
सुदनले साधारण सदस्य समेत नरहने गरी पार्टी छाडे
शेखरले गगनलाई स्वीकार्दै , शशांक र धनराजसहितले छोडे देउवा समूह
यी सहकारीमा ऋण तिर्नुछ ? १५ दिनभित्र नतिरे सम्पत्ति लिलाम हुने (सहकारीको सूचीसहित)
भारत नरकको ढोका हो: अमेरिकी राष्ट्रपति ट्रम्प