पहिरोले गोरखा–आँबुखैरेनी सडक अवरुद्ध

पहिरोले गोरखा–आँबुखैरेनी सडक अवरुद्ध

pahiro

गोरखा । पहिरोले गोरखा–आँबखैरेनी सडकखण्ड अवरुद्ध भएको छ ।

गोरखा नगरपालिका–१४ को मझुवा देउरालीस्थित प्रहरी चौकी नजिकैको उकालोमा आज बिहान सुक्खा पहिरो खसेको हो ।

पहिरो खसेपछि यातायात सेवा पूर्णरूपमा अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।

अहिले पहिरो पन्छाउने काम भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ