पोखरा उपत्यकासहित देशभरका नेवार समुदायले गाईजात्रा पर्व मनाएका छन् । यसपालि विहीबार र शुक्रबार दुई दिन गाईजात्रा परेको छ । पोखरामा विहबिार नै गाईजात्रा मनाइएको छ ।
पछिल्लो एक वर्षमा दिवंगत भएका परिवारका सदस्यको सम्झनामा गाईजात्रा निकाल्ने प्रचलन छ । देशभरका नेवार समुदायमा गाईजात्राको प्रचलन रहे पनि काठमाडौं उपत्यकाको गाईजात्रा विशेष मानिन्छ ।
राजा प्रताप मल्लले पुत्रशोकले भावविह्ल भएकी आफ्नी रानीलाई दुनियाँले पनि यस्तै शोक ब्यहोर्नुपर्छ भन्ने सन्देश दिन ‘जनतालाई आ-आफ्नो घरका मरेको व्यक्तिको नाममा गाईजात्रा निकाली सहर परिक्रमा गराउनू’ भनी आत्रा दिएका आधारमा यो पर्व सुरु गरिएको ऐतिहासिक तथ्य रहेको पाइन्छ।
यसबाट पनि रानीको मन शान्त नभएपछि प्रहसन, नाटक र नाच प्रस्तुत गरिएअनुसार गाईजात्रामा प्रस्तुत गर्दै आएको जनश्रृति रहेको छ। सोही समयमा सुरु गरिएको गाईजात्रा हनुमाढोकास्थित ‘राजप्रासाद’ भएर जानुपर्ने प्रथा हालसम्म जारी रहेको बताइन्छ।
विशेष गरी काठमाडौं, भक्तपुर, ललितपुरलगायत नेवारी समुदायको बाक्लो बस्ती रहेको स्थानमा मनाइने यो जात्रा नेवार समुदाय रहेको गाउँ शहरहरुमा पनि मनाइँदै आएको हो।
हेर्नुहोस् पोखराका तस्वीरहरू:






सम्बन्धित खबर
पोखरामा नालीको भेलले बगाएका आमा र छोरीको ज्यान रहेन
प्रतिभा र शान्ति निकेतनबीचको सहलगानी तथा सहकार्य योजना स्थगित
समिप वैरागीको कविता कृति ‘साहीमासा’ माथि परिचर्चा
लायन्स क्लब अफ पोखरा वर्किङ टुगेदरद्वारा बृहत् वृक्षारोपण
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
निजी क्षेत्रसँग सहकार्य बढाउँदै पर्यटन प्रवर्द्धन: बोर्ड सदस्य पोखरेल
यो पनि पढौँ
तीज मनाउन भदैसँग माइत हिँडेकी महिलाको दुपट्टा मोटरसाइकल चक्कामा बेरिएर बाटैमा ज्यान गयो
स्याङ्जामा गोठमा अचेत भेटिएकी महिलाको मृत्यु
रवि लामिछानेको मुद्दा फिर्ता गर्न अनुमति दिने न्यायाधीश अवकासको चार दिनअघि बढुवा
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन