काठमाडौं । डा. गोविन्द केसीले भदौ २९ गतेबाट अनसन सुरु गर्ने घोषणा गरेका छन्। आज एक प्रेस विज्ञप्ति जारी गर्दै उनले आफूहरूले राखेका माग सम्बोधन नभए अनसन सुरु गर्ने घोषणा गरेका हुन् ।
उनले आज जारी गरेको प्रेस विज्ञप्तिमा लेखिएको छ, ‘हामीले विभिन्न मागहरु राखेर यही साउन २९ गतेबाट सत्याग्रह सुरु गर्न लागेकोमा सरकारका तर्फबाट विभिन्न प्रतिबद्धताहरु आएपछि एक महिनाका लागि सत्याग्रह पछि सारेका थियौं । ती प्रतिबद्धताहरु कार्यान्वयन नभएमा यही भदौ २९ गतेबाट सत्याग्रह सुरु गर्ने जानकारी पनि गराउँछौं ।’
डा. केसीले चिकित्सा शिक्षा आयोगको उपाध्यक्ष छनोटका लागि आवेदन दिएका केही व्यक्ति गम्भीर अनियमिततामा मुछिएका, प्रतिष्ठान सञ्चालन गर्दा भ्रष्ट र असफल प्रमाणित पनि रहेको भन्दै स्वार्थको द्वन्द्व नभएका योग्य उम्मेदवार मात्र छनोट गर्न पनि सरकारलाई आग्रह गरेका छन् ।
केसीले जारी गरेको विज्ञप्तिमा लेखिएको छ, ‘‘चिकित्सा शिक्षा आयोग स्थापनापछिको पहिलो चारवर्षे अवधिमा अनेक खाले राजनीतिक हस्तक्षेप, पदाधिकारीहरूमाथिको आपराधिक गुण्डागर्दी र अवरोधका बाबजुद आयोगले चिकित्सा शिक्षा सुधारमा उल्लेख्य काम गर्न तथा आयोगको स्वायत्तता कायम राख्न सफल भएको छ। अब आएर भ्रष्ट वा स्वार्थको द्वन्द्व हुने व्यक्ति उपाध्यक्ष बनेमा ती सबै उपलब्धि उल्टिने जोखिम छ। त्यस्ता उम्मेदवार पदाधिकारीका रूपमा छानिएमा त्यसले चिकित्सा शिक्षा ऐनको परिकल्पना विपरीत नेपालको मेडिकल शिक्षालाई गुणस्तरहीन र धराशायी बनाउने जोखिम रहेको छ।’’
सम्बन्धित खबर
श्रमिकको न्यूनतम तलब बढ्यो, अब १९ हजार ५५० रुपैयाँ
आजको मौसम पूर्वानुमान
रास्वपाको ‘स्वतन्त्र’ शब्द र ‘घण्टी’ चुनाव चिन्हविरुद्ध निर्वाचन आयोगमा निवेदन दर्ता
वैशाख यता विपदमा परेर ९३ जनाले ज्यान गुमाए, २२ बेपत्ता
पूर्वराष्ट्रपति भण्डारी एमालेमा फर्किन मिल्छ कि मिल्दैन पार्टीले निर्णय गर्छ: ओली
छुरा प्रहार गरेर दाजुको हत्या, भाइ घाइते
यो पनि पढौँ
तनहुँको अम्रेनीमा रोकिराखेको ट्रकमा ठोक्किँदा स्कूटर चालकको मृत्यु, एक घाइते
आइतबार गण्डकी प्रदेशमा सार्वजनिक बिदा
स्कूल बिदामा घर गएका बालकको खेतको आलीबाट लडेर मृत्यु
छोरेपाटन मावि अध्यक्षलाई कालोमोसो दल्ने योजनाकार सुजन बिक पक्राउ, २ जना खोज्दै पक्राउ