पोखरा । ६१ औं नेपाल रेड्क्रस स्थापना दिवसको अबसरमा नेपाल रेड्क्रस सोसाइटी लैङ्िगक तथा सामाजिक समाबेसिकरण समिति कास्कीद्वारा आयोजित पोखरा महानगर स्तरिय अभिमुखिकरण शुक्रवार पोखरामा सम्पन्न भएको छ। कार्यक्रमको जिल्ला समन्वय समिति कास्कीका प्रमुख लिलाधर पौडेलले उद्घाटन गरेका थिए।
प्रमुख पौडेलले सामाजिक सेवा र मानव कल्याणमा खेलेको भुमिका अतुलनीय रहेको भन्दै निरन्तर समाज सेवाका कार्यमा लागि रहन आग्रह गरे।
पौडेलले नेपाल रेडक्रसको ६१ औँ स्थापना दिवसको अवसरमा शुभकामना व्यक्त गर्दै आगामी दिनमा सबै मिलेर सुन्दर र समृद्धि कास्की निर्माणका लागि अघि बढ्न आग्रह गरे। कार्यक्रममा रेड्क्रस गण्डकी प्रदेशका सभापति सुर्य प्रसाद ढकाल , कास्की सभापति डण्डराज शर्मा, उपसभापति उर्मिला खड्का, रमा त्रिपाठी, कार्यकारी अधिकृत कृष्ण कोइराला लगायतले मन्तव्य व्यक्त गरेका थिए।
पोखरा महानगर पालिका अन्तर्गतका ३१ वटा उप शाखाका रेडक्रसकर्मी महिलाहरूको सहभागीता रहेको सो अभिमुखिकरण कार्यक्रममा रेड्क्रसका नीति सिद्धान्त, गतिविधि एबम रेडक्रसका बिबिध पक्ष बारे अभिमुखिकरण प्रदान गरिएको थियो।
नेपाल रेड्क्रस सोसाइटी लैङ्गीक तथा सामाजिक समावेसीकरण समिति कास्कीका संयोजक रमा कोइरालाको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन कार्यालय प्रमुख मोहन सिंह खड्काले गरेका थिए।
सम्बन्धित खबर
सडकबाट ट्रिपर खस्दा एक जनाको मृत्यु, चालक फरार
श्याम स्मृति फुटबल प्रतियोगिता २६ वर्षपछि पुनः सञ्चालनमा
सरकारी विज्ञापन नीतिविरुद्ध स्याङ्जाका पत्रकारको दबाब, प्रधानमन्त्रीलाई हस्ताक्षरसहित मागपत्र
पूर्वविद्यार्थीको पहलमा भीरकोटका दुई विद्यालयमा कम्प्युटर सहयोग
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु
नेपाल पत्रकार महासंघ स्याङ्जाद्वारा तीन पूर्व अध्यक्षलाई सम्मान
यो पनि पढौँ
उच्चतम् ४ जीपीए ल्याउने २८ जना विद्यार्थीले रोजे प्रतिभा मावि
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
प्रतिभाले नयाँ विद्यार्थीलाई सपथ खुवाउँदै गर्यो स्वागत
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु