गोरखा कट्टेलचोक स्थित सडकमा शंकास्पद वस्तु भेटियो

गोरखा कट्टेलचोक स्थित सडकमा शंकास्पद वस्तु भेटियो

bomm

गोरखा । गोरखा–आँबुखैरेनी सडकखण्डअन्तरगत गोरखा नगरपालिका–९ स्थित कट्टेलचोकमा शंकास्पद वस्तु भेटिएको छ ।

शनिबार बिहान करिब ५ बजे सडक छेउमा शंकास्पद वस्तु भेटिएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।

बिहान ‘मर्निङ वाक’ गएका स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

कुकर र तारजडित शंकास्पद वस्तु नजिक हँसिया हतौडा अंकित झन्डा पनि रहेको प्रहरीले जनाएको छ ।

उक्त शंकास्पद वस्तु निस्क्रिय पार्न नेपाली सेनाको बम डिस्पोजल टोली घटनास्थल पुगेको छ ।

शंकास्पद वस्तु भेटिएकै कारण गोरखा–आँबुखैरेनी सडक खण्डमा आवागमन बन्द भएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ