गोरखा–आँबुखैरेनी सडकको शंकास्पद वस्तु डिस्पोज, कुकरभित्र सिसा, बारुद र लाइटर

गोरखा–आँबुखैरेनी सडकको शंकास्पद वस्तु डिस्पोज, कुकरभित्र सिसा, बारुद र लाइटर

Blast_shutali_bomb

गोरखा । गोरखा नगरपालिका–९ कट्टेलचोकको बीच सडकमा फेला परेको शङ्कास्पद वस्तु निष्क्रिय पारिएको छ ।

नेपाली सेनाको बम डिस्पोजल टोलीले उक्त शङ्कास्पद वस्तु निष्क्रिय पारेको हो । टेप बाँधेर राखेको अवस्थामा मुख्य सडकमा फेला परेको कुकरभित्र सिसाका टुक्रा, बारुद र लाइटर भेटिएको रिपुमर्दन गणका गणपति हेमराज बिष्टले जानकारी दिए ।

शंकास्पद वस्तु निष्क्रिय पारिएसँगै अहिले सडक सञ्चालनमा आएको छ ।

प्रेसरकुकर नजिकै हँसिया हतौडा अंकित रातो झण्डा पनि भेटिएको थियो ।

आज बिहानै ‘मर्निङ वाक’ गएका स्थानीयले शंकास्पद वस्तु फेला परेको भन्दै प्रहरीलाई खबर गरेका थिए ।

एमसीसी कार्यान्वयनको विरोधमा नेपाल कम्युनिस्ट पार्टी (माओवादी) ले प्रेस विज्ञप्ति जारी गर्दै आज नेपाल बन्दको आह्वान गरेको थियो ।

राष्ट्रिय स्वाधिनताको रक्षा र दलाल संसदीय व्यवस्थालाई खारेज गर्नको निम्ति भन्दै माओवादीले आज नेपाल बन्दको घोषणा गरेको हो ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ