पोखरा । देशभर बदली रही आज मंगलबार केही स्थानमा वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार हाल मनसुनको न्यून चापीय रेखा (Axis of the Monsoon Trough) को पश्चिमी भू-भाग सरदर स्थानको उत्तरतिर अवस्थित छ र पूर्वी भू-भाग सरदर स्थानको दक्षिणतिर अवस्थित छ। साथै बंगालको खाडीको उत्तरपश्चिम भागमा रहेको न्यून चापीय प्रणालीको समेत आंशिक प्रभाव रहेको छ।
अहिले बिहान देशभर आंशिक देखि सामान्य बदली रहेको छ। बागमती र कर्णाली प्रदेशका एक-दुई स्थानमा हल्का वर्षा भइरहेको छ।
मंगलबार दिउँसो देशभर आंशिक देखि सामान्य बदली रहनेछ। बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरू तथा बाँकी प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित भारी वर्षाको समेत सम्भावना रहेको छ।
यस्तै, राती देशभर आंशिक देखि सामान्य बदली रहनेछ। गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरू तथा बाँकी प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।
सम्बन्धित खबर
स्वास्थ्य बीमामा राष्ट्रसेवक आबद्ध गराउन स्वास्थ्य मन्त्री पौडेलको पहल
पाँचौँ आदिवासी जनजाति चलचित्र महोत्सवमा १९ चलचित्र
सुक्खा पहिरोले मुग्लिन–नारायणगढ सडक खण्ड अवरुद्ध
एसइईको नतिजा असार तेस्रो साता सार्वजनिक गर्ने तयारी
एसइई कायम राख्न मन्त्रालयको प्रस्ताव
पाल्पामा जीप दुर्घटना हुँदा जीपधनीसहित दुई जनाको मृत्यु, चालक घाइते
यो पनि पढौँ
पोखरामा होटलको छतबाट खसेर बुटवलकी महिलाको मृत्यु
पोखरामा सुन व्यापारीमाथि यौन दुर्व्यवहारको आरोप, ब्ल्याकमेल गर्ने महिलासहित ३ जना पक्राउ
माछा मार्ने क्रममा करेन्ट लागेर श्रीमान् श्रीमतिको मृत्यु
पोखरामा दुई वटा प्याराग्लाइडिङ दुर्घटना हुँदा फेवातालमा खसेका ४ जनाको सकुशल उद्धार