पोखरा । पोखरा रानीपौवास्थित ग्लोबल कलेजियट स्कुलले वादी समुदायको शिक्षा, स्वास्थ्य र रोजगारीको अभियन्ता हिक्मत वादीलाई नगद एक लाख प्रदान गरी सहयोग हस्तान्तरण गरेको छ ।
सानैदेखि संर्घष गरेर हुर्किएका हिक्मतले वादी समुदायका सयौँ गरिब तथा असहाय बालबालिकाका लागि सुर्खेतको वीरेन्द्र नगरमा होस्टल सञ्चालनमा ल्याएका छन् ।
मंगलबार विद्यालयका प्राचार्य बाबुराम पन्तले हिक्मत वादीलाई एकलाखको चेक हस्तान्तरण गर्दै प्रति वर्ष एकलाखका दरले आगामी ४ वर्षसम्म निरन्तर सहयोग गर्ने घोषणा गरेका छन् ।
आफ्नो आर्थिक अवस्था सामान्य हुँदाहुँदै पनि अति विपन्न तथा असहाय वादी बच्चाहरुका लागि हिक्मत वादीबाट उदार दिलका साथ सञ्चालित भोजन, आवास र शिक्षासहितको होस्टलको नियमित खर्च धान्न समस्या परेको कुरा आफूले हेर्ने कथा मार्फत थाहा पाएपछि हिक्मत वादी र उहाँको संस्था सहयोगका लागि उपयुक्त पात्र लागेकाले सहयोग गरिएको बताए ।
सहयोग रकम ग्रहण गरेपछि विद्यार्थीहरुबिच हिक्मत वादीले अल्पसंख्यक वादी समुदायको इतिहास, उनीहरुको दयनीय सामाजिक तथा आर्थिक अवस्था तथा वादी सरोकार मञ्च मार्फत अभियानमा जोडिए पछिको आफ्नो सङ्घर्ष सुनाएर राम्रो काम गर्दा जस्तै परिस्थिति आए पनि हार खान नहुने भन्दै ग्लोबल कलेजियट स्कुलको सहयोगप्रति कृतज्ञता व्यक्त गरेका थिए ।
विद्यार्थीमा सहयोग एवम् सकारात्मक भावना विकास गर्न तथा कम अवसर पाएका व्यक्तिलाई विशुद्धरुपमा सहयोग पु¥याउन विद्यालयले कहिले बाढी प्रभावित क्षेत्रमै पुगेर त कहिले विभिन्न च्यारिटी मार्फत सहयोग गर्दै आइरहेको छ । विद्यालयमा हाल बाल विकासदेखि कक्षा १२ सम्म २ हजार भन्दा बढी विद्यार्थी अध्ययनरत छन् ।
सम्बन्धित खबर
सडकबाट ट्रिपर खस्दा एक जनाको मृत्यु, चालक फरार
श्याम स्मृति फुटबल प्रतियोगिता २६ वर्षपछि पुनः सञ्चालनमा
सरकारी विज्ञापन नीतिविरुद्ध स्याङ्जाका पत्रकारको दबाब, प्रधानमन्त्रीलाई हस्ताक्षरसहित मागपत्र
पूर्वविद्यार्थीको पहलमा भीरकोटका दुई विद्यालयमा कम्प्युटर सहयोग
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु
नेपाल पत्रकार महासंघ स्याङ्जाद्वारा तीन पूर्व अध्यक्षलाई सम्मान
यो पनि पढौँ
उच्चतम् ४ जीपीए ल्याउने २८ जना विद्यार्थीले रोजे प्रतिभा मावि
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
प्रतिभाले नयाँ विद्यार्थीलाई सपथ खुवाउँदै गर्यो स्वागत
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु