पोखरा । नेपाल रेडक्रस सोसाईटी पोखरा– १९, उपशाखाले लामाचौरमा रहेको भवन परिसरमा वृक्षरोपण गरेको छ ।
नेपाल रेडक्रस सोसाईटीको ६१ औं स्थापना दिवसको अवसरमा गरिएको कार्यक्रममा निम, वेल, कपुर, पारिजात, तेजपत्ता लगायतका विभिन्न वहुउपयोगी प्रजातिका विरुवा रोपिएको सभापति नवराज पौडेल जानकारी दिए । वृक्षरोपण कार्यक्रमको शुरुवात गर्दै पोखरा महानगर पालिकाका प्रमुख धनराज आचार्यले मानविय सेवाका क्षेत्रमा नेपाल रेडक्रस सोसाईटीले पुर्याएको योगदान अतुलनिय रहेको बताए । उनले समाज विकास र मानविय सहायतामा हरेक नागरिक जागरुप वन्न सके सिंगो देश नै परिवर्तन हुने बताए ।
प्रमुख आचार्यले उपशाखाले संचालन गरेको विपद व्यवस्थापन कोष तथा स्मारिका प्रकाशन कोषमा सहयोग गर्ने स्पष्ट पारे । उपशाखाका सभापति नवराज पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा पोखरा १९ का वडाध्यक्ष पुष्पेन्द्र पाण्डे, उपशाखाका पुर्व सभापति गोविन्द काफ्ले, लगायतले रेडक्रसको भुमिकाको विषयमा चर्चा गरेका थिए ।
सचिव होमनाथ आचार्यले संचालन गरेको कार्यक्रममा रेडक्रसका सात सिद्धान्तको वाचन उपसभापति पवित्रा पौडेलले गरेका थिए । उपशाखाले विपद व्यवस्थापन तथा स्मारिका प्रकाशन कोषका लागी हाल आर्थिक संकलन अभियान चलाएको छ । अभियानवाट करिव १५ लाख संकलन गर्ने लक्ष्य भएको सभापति पौडेलले बताए । उपशाखाले सदस्यता वितरणलाई पनि अभियानका रुपमा संचालन गरेको बताइएको छ ।
सम्बन्धित खबर
सडकबाट ट्रिपर खस्दा एक जनाको मृत्यु, चालक फरार
श्याम स्मृति फुटबल प्रतियोगिता २६ वर्षपछि पुनः सञ्चालनमा
सरकारी विज्ञापन नीतिविरुद्ध स्याङ्जाका पत्रकारको दबाब, प्रधानमन्त्रीलाई हस्ताक्षरसहित मागपत्र
पूर्वविद्यार्थीको पहलमा भीरकोटका दुई विद्यालयमा कम्प्युटर सहयोग
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु
नेपाल पत्रकार महासंघ स्याङ्जाद्वारा तीन पूर्व अध्यक्षलाई सम्मान
यो पनि पढौँ
उच्चतम् ४ जीपीए ल्याउने २८ जना विद्यार्थीले रोजे प्रतिभा मावि
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
प्रतिभाले नयाँ विद्यार्थीलाई सपथ खुवाउँदै गर्यो स्वागत
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु