पोखरा । पोखरामा श्रीकृष्ण लिला (बालन नाच) प्रदर्शन गरिएको छ । हराउदै गइरहेको नाचको संरक्षण गर्ने उद्धेश्यले पोखरा सभागृह हलमा भव्य कार्यक्रम आयोजना गरेर बालन नाच प्रदर्शन गरिएको हो । भजन चुड्का संरक्षण प्रतिष्ठानको आयोजनामा भएको यो कार्यक्रममा बालन नाच कला प्रतिष्ठानका ६० जना कलाकारले प्रस्तुती राखेको आयोजक संस्थाका अध्यक्ष कृष्णप्रसाद गौतमले बताए ।
प्रवेश निःशुल्क रहेको यो कार्यक्रम हेर्न उल्लेख्य संख्यामा दर्शक सभागृह हलमा पुगेका थिए । भगवान् कृष्णको जन्मदेखि राक्षस कंसको अन्त्यसम्मको कथा कार्यक्रममा प्रस्तुत गर्दा दर्शकले श्रीकृष्ण लिलाको बारेमा नजिकबाट बुझ्न पाएको आयोजकको दावी छ । यसले नयाँ पुस्तामा संस्कृति हस्तान्तरण सहयोग मिल्ने उनीहरुको भनाई छ ।
लगातार ४ घण्टासम्म सञ्चालन भएको कार्यक्रम हेर्न पुगेकी गण्डकी प्रदेशकी सामाजिक विकास तथा स्वास्थ्य मन्त्री शुसिला सिम्खडादेखि प्रदेश सभा सदस्य प्रकाश बराल, गण्डकी प्रज्ञा–प्रतिष्ठानका सदस्य सचिव मनकुमार श्रेष्ठ, पोखरा प्रज्ञा–प्रतिष्ठानका कार्यवहाक कुलपति जीवन दाहाल, विश्व हिन्दू परिषद केन्द्रीय महासचिव जीतेन्द्र सिंह समेतकाले धर्म संस्कृतिको संरक्षण्मा कार्यक्रमले योगदान दिएको भन्दै कार्यक्रमको प्रशंसा गरें ।
कार्यक्रममा अग्रज गायिका सत्यदेवी बराललाई सम्मान समेत गरियो । कार्यक्रम संयोजक किरण दाहालको सभापतित्वमा भएको कार्यक्रमको सञ्चालन कृष्ण प्रसाद गौतमले गरेका थिए । श्रीकृष्ण जन्माष्टमीको अवसर पारेर आयोजना भएको कार्यक्रमको लागि गण्डकी प्रज्ञा–प्रतिष्ठान र पोखरा प्रज्ञा–प्रतिष्ठानले सहयोग गरेको आयोजक संस्थाका अध्यक्ष गौतमले खुलाए ।
सम्बन्धित खबर
सडकबाट ट्रिपर खस्दा एक जनाको मृत्यु, चालक फरार
श्याम स्मृति फुटबल प्रतियोगिता २६ वर्षपछि पुनः सञ्चालनमा
सरकारी विज्ञापन नीतिविरुद्ध स्याङ्जाका पत्रकारको दबाब, प्रधानमन्त्रीलाई हस्ताक्षरसहित मागपत्र
पूर्वविद्यार्थीको पहलमा भीरकोटका दुई विद्यालयमा कम्प्युटर सहयोग
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु
नेपाल पत्रकार महासंघ स्याङ्जाद्वारा तीन पूर्व अध्यक्षलाई सम्मान
यो पनि पढौँ
उच्चतम् ४ जीपीए ल्याउने २८ जना विद्यार्थीले रोजे प्रतिभा मावि
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
प्रतिभाले नयाँ विद्यार्थीलाई सपथ खुवाउँदै गर्यो स्वागत
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु