पोखरा । नेकपा (एमाले) धादिङ पोखरा सम्पर्क मञ्चले भोलि नयाँ नेतृत्व चुन्दैछ । मञ्चको १२ औं वार्षिक साधारणसभा तथा छैटौं अधिवेशन शनिबार हुन लागेको मञ्चले जानकारी दिएको छ ।
मञ्चका अध्यक्ष शेरबहादुर अधिकारीले चाडपर्वको पूर्वसन्ध्यामा नेकपा एमालेमा आस्थावान कार्यकर्ता तथा आमजनतासँग भेटघाट कार्यक्रमसमेत राखिएको जानकारी दिए । सहमतिमै १५ सदस्यीय नयाँ कार्यसमिति चयन गर्ने उनले जनाए । यसका लागि संस्थापक अध्यक्ष कृष्णबहादुर लम्साल, नवराज दुवाडी, पूर्व अध्यक्ष बीरबहादुर थापा रहेको ३ सदस्यीय निर्वाचन मण्डल पनि गठन गरिएको छ ।
कार्यक्रमका संयोजक रामकुमार घिमिरेका अनुसार भोलिको साधारणसभा नेकपा एमालेका केन्द्रीय उपमहासचिव पृथ्वीसुब्बा गुरूङको प्रमुख आतिथ्यतामा हुनेछ । कार्यक्रममा केन्द्रीय सदस्य एवं पूर्व सांसद खेम लोहनी, एमाले धादिङका अध्यक्ष एवं सांसद भूमि त्रिपाठी, उपाध्यक्ष एवं संविधानसभा सदस्य धनबहादुर घले, बाग्मती प्रदेश सदस्य एवं प्रदेशका पूर्व राज्यमन्त्ती डा. रामकुमार अधिकारी, युवा संघका पूर्व महासचिव रमेश आचार्य लगायतलाई अतिथिय निमन्त्रणा गरिएको सचिव सरोज सिंह कुँवरले जानकारी दिए । भोलिको कार्यक्रममा उपस्थितिका लागि सबै धादिङबासीलाई उनले आमन्त्रण गरे ।
१२ वर्षअघि गठन भएको मञ्चमा दुई कार्यकाल कृष्णबहादुर लम्साल अध्यक्ष भए भने त्यसपछि क्रमशः बेनी पाठक, वीरबहादुर थापा अध्यक्ष भइसकेका छन् ।


सम्बन्धित खबर
सडकबाट ट्रिपर खस्दा एक जनाको मृत्यु, चालक फरार
श्याम स्मृति फुटबल प्रतियोगिता २६ वर्षपछि पुनः सञ्चालनमा
सरकारी विज्ञापन नीतिविरुद्ध स्याङ्जाका पत्रकारको दबाब, प्रधानमन्त्रीलाई हस्ताक्षरसहित मागपत्र
पूर्वविद्यार्थीको पहलमा भीरकोटका दुई विद्यालयमा कम्प्युटर सहयोग
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु
नेपाल पत्रकार महासंघ स्याङ्जाद्वारा तीन पूर्व अध्यक्षलाई सम्मान
यो पनि पढौँ
उच्चतम् ४ जीपीए ल्याउने २८ जना विद्यार्थीले रोजे प्रतिभा मावि
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
प्रतिभाले नयाँ विद्यार्थीलाई सपथ खुवाउँदै गर्यो स्वागत
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु