मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग मन्त्री बन्न दुई करोड मागेको अडियो काण्डपछि स्वतन्त्र पार्टीको कारबाहीमा परी सांसद पदबाट मुक्त भएका डा. ढाकाकुमार श्रेष्ठ शुक्रबार राति फेसबुक लाइभमा आएर आफूमाथि बारम्बार प्रहार भइरहेको गुनासो गरेका छन् ।
राति ११ बजे फेसबुक लाइभमा उनले क्याप्सन लेखेका छन्ः ‘मलाई धारिलो हतियार प्रहार गरी घाइते भएको भन्ने समाचार झुटो हो । म एउटा सोझो मान्छेलाई बारम्बार प्रहार गरेर कमजोर बनाउने प्रयत्न हुँदैछ । कहिले पार्टीले त कहिले कुनै गिरोह र ब्यक्तिहरुले म सामान्य ब्यक्तिमाथि हात धोएर लागेका छन् । यो एक दिन तपाईंहरु सबैलाई अवगत हुनेछ । तपाईंहरूको माया र आशिर्वाद रहेसम्म मलाई कसैले छुन सक्नेछैन । मेरो बिषयमा चिन्ता चासो दिएर प्रत्यक्ष फोन म्यासेज गर्ने मेरा आफन्त, साथी र शुभेच्छुकहरुमा कृतज्ञता ब्यक्त गर्दछु ।’
डा. श्रेष्ठले पार्टीले सोझो मान्छेलाई कारबाही गरेको फेरि बताएका छन् । उनले एक दिन वास्तविकता सार्वजनिक गर्ने पनि बताएका छन् ।
रास्वपाले समानुपातिक सांसद श्रेष्ठलाई कारबाही गर्दै उनको ठाउँमा एसिडपीडित बिन्दबासिनी कंसाकारलाई सांसद पदमा नियुक्त गरिसकेको छु ।
उनले सांसद पदसँगै पार्टीको साधारणसदस्य समेत नरहने गरी कारबाही परेसँगै वास्तविकता खोल्छु भनेर बारम्बार भन्दै आइरहेका छन् ।
भिडियाेका लागि यहाँ क्लिक गर्नुहाेस् ।
सम्बन्धित खबर
चाङ्गान नेभो Q05 पोखरामा सार्वजनिक, डीपल शोरुम पोखरामा ४ दिने टेस्ट ड्राइभ कार्यक्रम
कोरियाली कलाकार किमद्वारा बाढीपीडितलाई ५ हजार किलो चामल सहयोग
स्याङ्जामा चिप्लिएर नहरमा खसेका वृद्धको मृत्यु
माइक्रो बस र मोटरसाइकल ठोक्किँदा दुई जना घाइते
१८ वर्षअघि गर्भवती महिलाको मृत्यु प्रकरणमा एक महिला थुनामा, अर्की धरौटीमा छुटिन्
बालिका बेचबिखनको आरोपमा एक जना कारागार चलान
यो पनि पढौँ
तीज मनाउन भदैसँग माइत हिँडेकी महिलाको दुपट्टा मोटरसाइकल चक्कामा बेरिएर बाटैमा ज्यान गयो
स्याङ्जामा गोठमा अचेत भेटिएकी महिलाको मृत्यु
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन