पोखरा । देशभर बदली रही आज आइतबार केही स्थानमा वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार हाल मनसुनको न्यून चापीय रेखा (Axis of the Monsoon Trough) सरदर स्थानको दक्षिणतिर अवस्थित छ।
साथै नेपालमा हाल भारतको मध्य प्रदेश र आसपासको क्षेत्रमा रहेको न्यून चापीय प्रणालीको समेत आंशिक प्रभाव रहेको छ।
अहिले बिहान गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा सामान्यतया बदली भई केही स्थानहरुमा हल्का वर्षा भईरहेको छ र बांकी प्रदेशहरुमा आंशिक देखी सामान्यतया बदली भई एक-दुई स्थानहरुमा हल्का वर्षा भईरहेको छ।
आइतबार दिउँसो सुदूरपश्चिम प्रदेशमा सामान्यतया बदली र बांकी प्रदेशहरुमा आंशिक देखि सामान्य बदली रहनेछ। बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरू तथा बाँकी प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। सुदूरपश्चिम प्रदेशको एक-दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको छ।
यस्तै, राती देशभर आंशिक देखि सामान्य बदली रहनेछ। लुम्बिनी, गण्डकी र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। साथै लुम्बिनी र सुदूरपश्चिम प्रदेशको एक-दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ।
सम्बन्धित खबर
लागू औषधसहित दुईजना मानिस र भारतीय नम्बरको गाडी नियन्त्रणमा
रवि लामिछानेविरुद्ध पर्सा अदालतमा पनि मुद्दा दर्ता, सानोपाइला सहकारीमा १ अर्ब ३२ करोड अपचलन दाबी
गण्डकी सरकारले ल्यायो ३१ अर्ब ९७ करोडको बजेट (पूर्णपाठ)
देश चलाउन सक्ने कर्मचारीतन्त्र चाहियो : प्रधानमन्त्री ओली
रास्वपालाई कांग्रेसको प्रश्न: निलम्बित सांसदलाई संसदीय दलको नेता राख्ने, नैतिकताको पाठ सिकाउने ?
३९ लाख ५० हजार बिगो भएको बैंकिङ कसुर मुद्दाका फरार तीन जना प्रतिवादी पक्राउ
यो पनि पढौँ
अपडेट: मृतक तनहुँका मनोज भुजेल, स्याङ्जाका ट्याक्टर चालक र सहचालक पक्राउ
पोखरामा होटलको छतबाट खसेर बुटवलकी महिलाको मृत्यु
पोखराको वन क्याम्पस नजिकै सडकमा युवकको हत्या
वन विज्ञान क्याम्पस क्षेत्रका स्थानीय भन्छन्ः घटना राति नै भएको हुनसक्छ