काठमाडौँ। मुटु रोग उपचारका क्षेत्रमा अब्बल प्रा.डा. भगवान कोइरालाले उमेर हदका कारण त्रिभुवन विश्वविद्यालय चिकित्सा शास्त्र अध्ययन संस्थान (आईओएम) बाट अवकाश पाए लगत्तै चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)मा आबद्ध भएका छन् ।
डा.कोइराला न्याम्समा भिजिटिङ प्रोफेसरको रुपमा एकेडेमिक (शैक्षिक) कार्यक्रममा सहभागी हुँदै छन् । उनले अब वीर अस्पतालमा मुटु उपचार सेवामा योगदान गर्ने भएका छन्।
उनी गतसाता देखि न्याम्समा आबद्ध भै वीर अस्पतालका एक बिरामीको जटिल शल्यक्रिया समेत गरिसकेका छन् । उनले आफू वीर अस्पतालमा मुटुका बिरामीको उपचारका लागि काम गर्ने बताए ।
मुटुका बिरामीका लागि नाम जस्तै काम गरेर भगवान बनेका डा.कोइराला गंगालाल अस्पतालका कार्यकारी निर्देशक हुँदै पछिल्लो समय मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्प्लान्ट सेन्टरमा कार्यकारी निर्देशक पदमा कार्यरत थिए । २८ बर्ष मुटुसँग सम्बन्धित स्वास्थ्य सेवा प्रदान गर्दै आएका डा. कोइराला यसैसाथ उमेर हदका कारण सेन्टरबाट गत साउन ९ गते अवकाश पाएका हुन् ।
हाल सम्म गंगालाल, त्रि.वि.शिक्षण अस्पताल, मनमोहन कार्डियोथोरासीसबाट मुटु उपचारका क्षेत्रमा निकै महत्त्वपूर्ण योगदान गरेका डा.कोइरालाले अबका दिनमा वीर अस्पतालबाट विशेषज्ञ सेवा प्रदान गर्ने जानकारी गराए । वीर अस्पतालमा मुटुको उपचारका साथै शैक्षिक कार्यक्रममा पनि सहभागी हुने उनको कार्यक्रम रहेको जानकारी गराए ।
उनले वीरमा दुई दिन ओपिडी र दुई दिन शल्यक्रिया गर्ने योजना अघि सरेको र अन्तिम निर्णय हुन बाँकी रहेको अस्पतालका निर्देशक डा.सन्तोष पौडेलले जानकारी गराए । डा.कोइरालाको वीरको आगमनले वीरको मुटु विभागका साथै पुरै अस्पताल र शैक्षिक कार्यक्रममा समेत सुधार हुने अपेक्षा लिइएको डा.पौडेलले बताए।
डा.कोइराला नेपाल मेडिकल काउन्सिलका अध्यक्ष हुन् । उनी पछिल्लो समय गैर नाफामूलक रुपमा काठमाडौँ इन्स्टिच्युट अफ चाइल्ड हेल्थ (किओच) परियोजना सञ्चालन गर्ने योजनामा सक्रिय रुपमा लागेका छन् ।
सम्बन्धित खबर
काठमाडौं जिल्लामा मात्रै २६ सय ८७ घरमा चलाइयो डोजर, झण्डै साढे १५ हजार विस्थापित
पोखरा विमानस्थल भ्रष्टाचार प्रकरणमा पूर्वमन्त्री कार्कीसहित १४ जनाविरुद्ध मुद्दा दायर
स्थलमार्गबाट नेपाल आउने पर्यटकवाहक सवारी साधन अब अनलाइनबाटै दर्ता गर्न सकिने
कर्मचारीलाई १५-१५ दिनमा तलब भुक्तानी दिन महालेखाको निर्देशन
मालपोत कार्यालयको नाम परिवर्तन
बैङ्क खाताको रकम चोरीका घटना बढ्दै, सचेत रहन साइबर ब्यूरोको आग्रह
यो पनि पढौँ
कास्कीको रुपामा बुबाको हत्या गरेको आरोपमा छोरा पक्राउ
पाेखरामा सुकुम्बासीको आन्दोलन घोषणा
थापाथलीका अर्का सुकुम्बासीले पनि गरे आत्महत्या, एक महिला बेहोस
सुदनको आरोप- ‘बालेनमा हिटलर र मुसोलिनी बन्ने सपना जागेको देखिन्छ’