लेखनाथ उद्योग वाणिज्य संघको अध्यक्षमा बिनोद श्रेष्ठ विजयी भएका छन । उनले प्रतिद्वन्द्वी भरतकुमार अधिकारीलाई ९४ मतले पराजित गरे । विजयी श्रेष्ठले खसेकाे १ हजार ७ सय ११ मतमध्ये ८ सय ८१ मत प्राप्त गरे भने अधिकारीले ७ सय ८७ मत प्राप्त गरेका हुन् । लामाे समयसम्म अधिकारीले अग्रता कायम गरेका थिए । अन्तिममा बिनाेदले फराकिलाे अन्तरले जीत हाँसिल गरेका हुन् ।
वरिष्ठ उपाध्यक्ष पदमा राजेन्द्र ओझाले २ सय ८० को फराकिलो मतान्तरले उनका प्रतिष्पर्धी ऋषिराम जमरकट्टेललाई पराजित गरे । ओझाले ९ सय ७० मत प्राप्त गर्दा जमरकट्टेलले ६ सय ९० मत प्राप्त गरे ।
प्रथम उपाध्यक्षमा ८ सय ९६ मतका साथ उपेन्द्रराज सुवेदी(राजु) विजयी भए । उनले १ सय २२ मतले गोपिचन्द्र बाँस्तोलालाई पछि पारेका हुन् । बाँस्तोलाले ७ सय ७४ मत प्राप्त गरेका थिए ।
संघको द्वितीय उपाध्यक्ष पदमा विक्रम कर्माचार्यले ६ मतको झिनो अन्तरले प्रतिष्पर्धी मेनुका श्रेष्ठलाई पराजित गरेका छन् । कर्माचार्यले ८ सय ३७ मत प्राप्त गरेका थिए भने श्रेष्ठले ८ सय ३१ मत प्राप्त गरेकी थिईन् ।
महासचिव पदमा संघको इतिहासमै पहिलो पटक महिला पुगेकी छन् । जानुका अधिकारी पराजुलीले १ सय ७७ मतको फराकिलो मतको अन्तरले प्रतिद्वन्द्वी जीवन तिवारीलाई पारिन् । पराजुलीले ९ सय २९ मत ल्याउँदा तिवारीले ७ सय मत प्राप्त गरेका थिए ।
यस्तै, उपमहासचिव पदमा भरतराज ओझाले ९ सय १२ मत ल्याउँदै भिम बहादुर सार्की (काईंला) लाई १ सय ६० मतको फराकिलाे अन्तरले पछि पारेका छन् । काईलाले ७ सय ५२ मत ल्याउँदा ओझाले ९ सय १२ मत ल्याए ।
कोषाध्यक्षमा ध्रुवबाबु भट्टराई (आईडि) ले ८ सय ३७ मत ल्याउँदै उनका पुष्पमणि भण्डारीलाई २० मतको अन्तरले पराजित गरेका छन् । भण्डारीले ८ सय १७ मत प्राप्त गरे।
संघको २ महिला सदस्य र ८ खुल्ला सदस्य पदकाे मतगणना याे समाचार तयार पार्दासम्म जारी छ । महिला सदस्यमा प्रतिक्षा रानाभाट र प्रभा कुमारी पौडेलले अग्रता कायम गरेका छन् । ८ सदस्यकाे लागि १६ जनाको उम्मेद्वारी परेकाेमा अर्जुन भण्डारी, गंगा कुमारी मल्ल, भविन्द्र पुन, ई.बिजय न्यौपाने लगायतको अग्रता कायमै छ ।
सम्बन्धित खबर
प्रतिभा सुपर लिग क्रिकेट सुरू, प्रतिभा र बाल मन्दिरको विजयी सुरूवात
पुलिसलाई हराउँदै न्यू डायमण्डले जित्यो टाइगर कपको महिलातर्फको उपाधि
होराइजन क्लब वालिङ्ले जित्यो २६ औं आदर्श कप
प्रेस चौतारी पत्रकारिता पुरस्कार रामजीलाई, विष्णुलाई सम्मान
पोखराका पत्रकारद्वय धन र सागरलाई टंकादेवी–तुलसीप्रसाद पत्रकारिता पुरस्कार
प्रतिभा माविमा गणित हाजिरीजवाफ
यो पनि पढौँ
स्याङ्जाको बैंकमा सुरक्षा गार्डमाथि चक्कु प्रहार, एक युवक पक्राउ
प्रतिभा माविमा गणित हाजिरीजवाफ
जसले संसद भवन जलायो, रास्वपाले मोरङ–२ मा उसैलाई उम्मेदवार बनायो
कान चुँडाएर सुन लुट्ने गिरोह पक्राउ, मुख्य नाइके जेन-जी आन्दोलनमा हिरासतबाट भागेका तामाङ