पोखरा वडा नं. १५ स्तरीय वक्तृत्वकला प्रतियोगितामा एसओएस स्कूलका सचेत सुवेदी प्रथम भएका छन् ।
यस्तै, सेन्ट मेरिजकी छात्रा आयुष्मा अधिकारी द्वितीय र गोल्डेन फ्युचरकी रिजा भण्डारी तृतीय भइन् । रेन्बो एकेडेमीकी स्विकृति भण्डारी र सिद्ध माविकी मनिषा बिकले सान्त्वना स्थान प्राप्त गरे । विजेताहरुले क्रमशः १० हजार, ८ हजार, ६ हजार र ३/३ हजार पुरस्कार प्राप्त गरे ।

राष्ट्रिय बालदिवसको अवसरमा बालबालिकामा लगानी, सुनिश्चित भविष्यको थालनी नाराका साथ पोखरा महानगरपालिका वडा नं. १५ को आयोजनामा बालहितकारी परियोजना नेपाल, राईट फर चिल्ड्रेन र थ्री एञ्जल्स नेपालको प्रायोजनमा बालबालिकाको क्षमता विकास गर्ने उद्देश्यले यो प्रतियोगिता आयोजना गरिएको जनाएको छ । वक्तृत्वकला प्रतियोगिताको निर्णायकमा शंकर ज्ञवाली, विष्णु पौडेल, खगिसरा अधिकारी रहेका थिए ।
कार्यक्रमका प्रमुख अतिथि गण्डकी प्रदेशका सामाजिक विकास तथा स्वास्थ्य मन्त्री शुशिला सिंखडाले बालबालिकाको अन्तर्निहित क्षमताको विकासका लागि यस्ता सिर्जनात्मक कार्यक्रम सञ्चालन हुनुपर्ने बताइन् । ‘नयाँ पुस्ता प्रगतिशील छ । अपडेटेड छन् । चेतनाको विकास पनि पुस्तान्तरसँगै फैलँदो छ ।’ उनले भनिन् – ‘बालबालिका संस्कारयुक्त हुनुपर्छ । आफ्नो देश, समाज बुझ्नुपर्छ । यो पुस्ताले अनेक अवसर पाएको छ । भविष्य उज्ज्वल छ ।’

पोखरा १५ का वडाध्यक्ष तोरणबहादुर बानियाँले वडामा महिला, बालबालिका, युवाका लागि वडा सधैं क्रियाशील रहेको बताए । वडामा विभिन्न तालिम तथा प्रशिक्षण, स्वास्थ्य शिविर, सीप विकासका लागि तालिमहरु वडाले प्रदान गरिरहेको छ ।
कार्यक्रम सञ्चालन वडा सदस्य बलराम पाैडेलले गरेका थिए ।



सम्बन्धित खबर
चाङ्गान नेभो Q05 पोखरामा सार्वजनिक, डीपल शोरुम पोखरामा ४ दिने टेस्ट ड्राइभ कार्यक्रम
कोरियाली कलाकार किमद्वारा बाढीपीडितलाई ५ हजार किलो चामल सहयोग
स्याङ्जामा चिप्लिएर नहरमा खसेका वृद्धको मृत्यु
माइक्रो बस र मोटरसाइकल ठोक्किँदा दुई जना घाइते
१८ वर्षअघि गर्भवती महिलाको मृत्यु प्रकरणमा एक महिला थुनामा, अर्की धरौटीमा छुटिन्
बालिका बेचबिखनको आरोपमा एक जना कारागार चलान
यो पनि पढौँ
तीज मनाउन भदैसँग माइत हिँडेकी महिलाको दुपट्टा मोटरसाइकल चक्कामा बेरिएर बाटैमा ज्यान गयो
स्याङ्जामा गोठमा अचेत भेटिएकी महिलाको मृत्यु
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन