पोखरा । देशभर बदली रही आज मंगलबार केही स्थानमा वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार हाल मनसुनको न्यून चापीय रेखा (Axis of the Monsoon Trough) सरदर स्थानको दक्षिणतिर अवस्थित छ।
साथै नेपालमा हाल भारतको मध्य प्रदेश र आसपासको क्षेत्रमा रहेको न्यून चापीय प्रणालीको समेत आंशिक प्रभाव रहेको छ।
अहिले बिहान देशभर आंशिक देखि सामान्य बदली रहेको छ। साथै कोशी, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरू तथा बाँकी प्रदेशका एक दुई स्थानमा हल्का वर्षाको भइरहेको छ।
मंगलबार दिउँसो देशभर आंशिक देखि सामान्य बदली रहनेछ। कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरू तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।
यस्तै, राती देशभर आंशिक देखि सामान्य बदली रहनेछ। कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै र बाँकी प्रदेशका एक दुई स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। साथै कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित भारी वर्षाको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ।
सम्बन्धित खबर
नेपाल फर्किनेलाई स्वागत भइहाल्छ, अरू देशको नागरिक भइसकेकालाई नागरिकता दिन सकिँदैन: देउवा
जेलबाट रवि लामिछानेले कार्यकर्तालाई के पठाए सन्देश ? (पूर्णपाठ)
महामन्त्रीमा मुकुल ढकाल सार्वजनिक भएपछि रास्वपाले गर्यो जिम्मेवारी हेरफेर
त्रिविका विद्यार्थी तथा प्राध्यापकले सरकारी अस्पतालमा उपचार सुविधा पाउने
आजको मौसम पूर्वानुमान
शीर्ष तीन दलका नेताको बैठकमा के भयो छलफल ?
यो पनि पढौँ
स्याङ्जामा रास्वपाका नेताहरूलाई काँग्रेसबाट निर्वाचित वडाध्यक्ष सुनिल खनालले रड हाने
पोखराका नगरबसको कालो धुवाँ जाँच गरेकामध्ये आधा चलाउनै नमिल्ने गरी फेल
डेलिभरीका लागि अस्पताल हिँडेकी रेनुका, सासु र श्रीमानसहित दुर्घटनामा अस्ताइन्
स्याङ्जामा जबरजस्ती करणीको आरोपमा एक युवक पक्राउ