पोखरा। जिल्ला प्रहरी कार्यालय कास्कीले सुनका गरगहना चोरी गर्ने एक युवतीसहित दुई जनालाई पक्राउ गरेको छ।
पोखरा महानगरपालिका -१२ स्थित पशु सेवा तालिम केन्द्रको कार्यालय परिसरको आवास कोठाबाट अन्दाजी १६ तोला बराबरको सुनका गरगहना चोरी गर्ने सोही घरकी कामदार पर्सा जिल्ला पर्सागढी नगरपालिका -२ स्थायी घर भएकी २२ वर्षीया शिवदेवी चौधरी र मोवाइल पसलका संचालकलाई पक्राउ गरेको हो।

चोरी भएका सुनका गरगहना। तस्बिर : जिल्ला प्रहरी कार्यालय कास्की
सोमबार अन्दाजी १ बजे उक्त घरको कोठाबाट सुनका गरगहना चोरी भएको भन्दै पीडितले दिएको उजूरीको आधारमा वडा प्रहरी कार्यालय रामबजार र जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरीको टोलीले गरेको अनुसन्धान पश्चात सोही घरको कामदारको रूपमा रहेकी चौधरीलाई पक्राउ गरेको थियो। पक्राउ पश्चात चौधरीसँग प्रारम्भिक बयान लिने क्रममा उनले पोखरा -१० बुद्धचोक स्थित एक मोवाइल पसलमा गरगहना लुकाउन दिएको खुल्न आएपछि प्रहरीले मोवाइल पसलका संचालकलाई पनि पक्राउ गरेको हो।
हाल पक्राउ परेका उनीहरुमाथि चोरी तथा डाँका सम्बन्धी कसूरमा जिल्ला अदालत कास्कीबाट ६ दिनको म्याद थप गरी आवश्यक अनुसन्धान प्रक्रिया अगाडि बढाएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ।
सम्बन्धित खबर
स्याङ्जामा १२ वर्षीया बालिकामाथि जबरजस्ती करणी आरोपमा एक पक्राउ
लिफ्ट दिने बहानामा महिलामाथि दुर्व्यवहार गर्ने एक युवक पक्राउ
बैङ्क खाताको रकम चोरीका घटना बढ्दै, सचेत रहन साइबर ब्यूरोको आग्रह
कास्कीको रुपामा बुबाको हत्या गरेको आरोपमा छोरा पक्राउ
११ वर्षीया बालिकामाथि यौन दुर्व्यवहार आरोपमा स्याङ्जाका एक पुरुष पक्राउ
चामलमै ११ थरी विषादी, लामो समय जोगाउन विषादीको अत्याधिक प्रयोग
यो पनि पढौँ
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
प्रतिभाले नयाँ विद्यार्थीलाई सपथ खुवाउँदै गर्यो स्वागत
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु
सचिवको एसएमएसमाथि प्रधानमन्त्री पदमा रहेकाबाट गरिएको ‘मजाक’लाई मन्त्री, सांसदको साथ