पोखरा । नेपाल पर्यटक यातायात व्यवसायी संघ (एनटिभिए) गण्डकी प्रदेश र लायन्स क्लब अफ पोखरा सुन्दरनगरीद्वारा संयुुक्त रुपमा आयोजित रक्तदान कार्यक्रममा ४७ युनिट रगत संकलन भएको छ ।
पोखरा महानगरपालिका वडा नं ६ स्थित केदारेश्वर मन्दिर गेट परिसरमा आयोजित रक्तदानमा पोखरा पर्यटन परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठ सहित पर्यटन सम्बद्ध संघ संस्थाका अध्यक्ष एवम् प्रतिनिधि, लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक ३२५(के) का पदाधिकारीको उपस्थिति थियो । पिएमसिसि लायन्स दीपक श्रेष्ठले एनटिभिएका निवर्तमान अध्यक्ष बोबरजंग गुरुङलाई ब्लड ब्याग हस्तान्तरण गरी कार्यक्रमको उद्घाटन गरे ।
एनटिभिए गण्डकीका अध्यक्ष बाबुराम पाण्डेले संस्थागत रुपमा वर्षेनी रक्तदान कार्यक्रमलाई निरन्तरता दिएको बताउँदै रक्तदातालाई आभार एवम् कृतज्ञता व्यक्त गरे ।
एनटिभिएका अध्यक्ष पाण्डेको अध्यक्षता एवम् महासचिव विकासप्रसाद कंडेलले सञ्चालन गर्नुभएको कार्यक्रममा संयोजक श्याम लामिछानेले धन्यवाद व्यक्त गरे ।
उक्त अवसरमा पोखरा पर्यटन परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठ, एनटिभिएका संस्थापक अध्यक्ष एवम् सल्लाहकार मदन शर्मा खनाल, लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक ३२५(के) का ब्लड डोनेशन चिफ लायन श्यामकृष्ण श्रेष्ठ र डिष्ट्रिक रिपोटिङ चिफ लायन महेश पौडेल लगायतले रक्तदानको महत्व बारे प्रकाश पारे ।
सम्बन्धित खबर
प्रतिभा सुपर लिग क्रिकेट सुरू, प्रतिभा र बाल मन्दिरको विजयी सुरूवात
स्याङ्जाका ५६ मतदान स्थल अति संवेदनशील
सिद्धार्थ राजमार्गमा दुर्घटनापछि कुटपिट, भीरकोटका युवक प्रहरी नियन्त्रणमा
स्याङ्जाका पत्रकार न्यौपाने एनटिभीबाट सम्मानित
फेदीखोलामा चिया खाजा घरमा चोरी, एक जना पक्राउ
ट्याङ्की मर्मत गरेर फर्किने क्रममा भीरबाट खस्दा गल्याङमा एक जनाको ज्यान गयो
यो पनि पढौँ
स्याङ्जाको बैंकमा सुरक्षा गार्डमाथि चक्कु प्रहार, एक युवक पक्राउ
प्रतिभा माविमा गणित हाजिरीजवाफ
जसले संसद भवन जलायो, रास्वपाले मोरङ–२ मा उसैलाई उम्मेदवार बनायो
कान चुँडाएर सुन लुट्ने गिरोह पक्राउ, मुख्य नाइके जेन-जी आन्दोलनमा हिरासतबाट भागेका तामाङ