नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी)ले चिनियाँ समूहले ब्रेक शुबाट थप ३०२ किलो सुन तस्करी गरेको निष्कर्ष निकालेको छ ।
यो तस्करीमा संलग्न रहेकाहरूले ३६२ किलो सुन तस्करी गरेको खुलेको सिआइबीकी प्रमुख एआइजी किरण बज्राचार्यले जानकारी दिइन्। ‘त्यो दिन बरामद भएको ६० किलोबाहेक रेडीलिंक कम्पनीको नाममा अरू ३०२ किलो सुन पनि तस्करी भएको देखियो,’ उनले भनिन्, ‘३ अर्ब ५० करोड रुपैयाँ बिगो दाबीसहित प्रतिवेदन बुझाउँदै छौं।’
अरु सामानमा लुकाएर ल्याएको सुनबारे अनुसन्धान गर्न बाँकी छ ।बज्राचार्यले यो प्रकरणको पूरक अनुसन्धान पनि गरिने जानकारी दिइन्। सिआइबीले तस्करी संलग्नहरूलाई विभिन्न ७ कसूरमा मुद्दा चलाउन मिल्ने प्रतिवेदनमा उल्लेख छ।
पत्रकार सम्मेलनमा सीआईबी प्रमुख किरण बज्राचार्यले दिएको जानकारी अनुसार ५० जनालाई प्रतिवादी बनाएको छ । उक्त घटनाको अनुसन्धान सकेर बुधबार जिल्ला सरकारी वकिलको कार्यालयलाई प्रतिवेदन बुझाउन लागेको सिआइबीले प्रतिवादीमध्ये ३२ जना पक्राउ परेको र १८ जना फरार रहेको जानकारी दिइन्।
पक्राउ पर्नेमा २३ जना नेपाली र ९ जना विदेशी नागरिक छन्। फरार हुनेमा १४ विदेश र ४ जना नेपाली नागरिक छन्। फरार हुनेमा माओवादी उच्च नेताहरूसँग सम्बन्ध भएको भनिएकी अमला रोक्का मगर पनि छन्। अमलाका श्रीमान् चिनियाँ मूलका बेल्जियन नागरिक दावा छिरिङलाई प्रहरीले पक्राउ गरेको छ। यो प्रकरणमा अहिलेसम्म पक्राउ परेकामध्ये उनको मुख्य भूमिका रहेको देखिएको प्रहरीले जनाएको छ।
एआइजी बज्राचार्यका अनुसार यो सुन तस्करीमा अन्तरदेशीय संगठित अपराध देखिएको छ। यसमा नेपाली, भारतीय र चिनियाँ नागरिक संलग्न छन्।
२ साउनमा बरामद भएको ब्रेक सुमा ६० किलो बढी सुन बरामद भएको थियो । गोदामहरुमा छापा मार्दा अरु पनि यसरी सामान ल्याएको खुलेको थियो ।
सुन तस्करी गर्न सात कम्पनी दर्ता गरेको खुलासा
सीआईबीले नेपालमा सुन तस्करी गर्न सात वटा कम्पनी दर्ता भएको अनुसन्धानबाट पहिचान गरेको छ । पत्रकार सम्मेलनमा अनुसन्धान अधिकृत संजयसिंह थापाले तस्करीको सुन नेपाल भित्र्याउन तस्करहरूले हङकङलाई मूल थलो बनाएको खुलेको बताए । साथै उनले त्यसका लागि सोझा नेपालीलाई फकाएर सुन आयात गर्न ७ वटा कम्पनी दर्ता गरेको देखिएको बताए ।
‘जसमध्ये ६ वटा कम्पनीबाट सुन आयात गरिएको देखिन्छ । उनीहरुले ब्रेक प्याड लगाएका उपकरणमार्फत सुन भित्र्याएको पनि खुलेको छ’, उनले भने, ‘अहिले रेडी ट्रेड प्रालीबाट ब्रेक प्याडमार्फत आएको आठ कार्टुनमा ६० केजी ७ सय ग्राम सुन भेटिएको छ ।’ यो बाहेक अन्य ६ वटा कम्पनीबाट पनि लुकाइछिपाई आएको भन्ने कुरा आएको बताए । ‘त्यो समेत अनुसन्धान गरेर पूरक प्रतिवेदन बन्छ’, सीआइबीले भनेको छ ।
सम्बन्धित खबर
बाढीका मृतकको गहना लुट्नेहरू पक्राउ, हुनसक्छ ७ वर्षसम्म जेल
गरिमा चौधरीको हत्याका मुख्य अभियुक्त नाबालकको बयान भिडियो बाहिरिएपछि तरङ्ग
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
बाल यौन दुर्व्यवहार आरोपमा पोखरा १२ स्थित सरस्वती आविका प्रअ रानाभाट पक्राउ
छोराको कुटपिटबाट आमाको मृत्यु
जेठी श्रीमती मार्दा कैद मिनाहा पाएका यामबहादुरले कान्छीलाई पनि बाँकी राखेनन्
यो पनि पढौँ
पोखराको मुख्यबजार क्षेत्रमै नालीमा बगे आमाछोरी
प्रार्थनाकै समयमा १६ सय ५० विद्यार्थी पढ्ने त्रिभुवन त्रिशुली मावि बगायो
पोखरामा नालीको भेलले बगाएका आमा र छोरीको ज्यान रहेन
गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो