बर्खाका कारण सेवा बन्द रहेको हट एयर बेलुन तीन महिनापछि पुनः सञ्चालनमा आएको छ। हट एअर बेलुन बिहीबारबाट पुन: सञ्चालनमा ल्याइएको बेलुन नेपालका अध्यक्ष विक्रम बाडेले बताए।
यसअघि एउटा बेलुनबाट मात्रै सेवा दिँदै आएको कम्पनीले सेप्टेबरबाट उडानमा दुईवटा बेलुन प्रयोग गर्नेछ । साहसिक खेल रूचाउने पर्यटकको मागअनुसार थप एक वटासहित दुई वटा बेलुन उडान सुरू गरिएको अध्यक्ष बादेले बताए ।
हट एयर बलुनमा उडेर पर्यटकले पोखराको दृश्यावलोकन गर्छन्। पोखराको पामेमा सञ्चालित यसमा एकपटकको उडानका लागि आन्तरिक पर्यटकलाई ९ हजार ५०० रुपैयाँ, सार्क मुलुकका पर्यटकका लागि १०० अमेरिकी डलर र विदेशी पर्यटकका लागि १३० अमेरिकी डलर शुल्क लिने गरिएको जानकारी उनले दिए।
करिब ६ हजार फिट माथिसम्म बेलुन सयरमार्फत उड्दा माछापुच्छ्रे, अन्नपूर्ण लगायतका हिमाल, पूर्ण आकारको फेवाताल, पुम्दीकोट महादेव, सराङकोट मान्द्रे ढुंगाबाट उड्ने प्याराग्लाइडिङ र पोखरा उपत्यकाको दृश्यावलोकन गर्न सकिने उनले बताए। कम्पनीले सेवा सञ्चालनका लागि अमेरिकी र भियतनामी गरी दुई पाइलट राखेको उन बताए।
बिहान र बेलुका गरी दुई सिफ्टमा उडान हुन्छ। बिहान ५ देखि ९ बजेसम्म र दिउँसो ३ देखि साँझ ६ बजेसम्म उडान हुने गरेको छ।
प्याकेजमार्फत पर्यटकले ब्रेकफास्ट, लेकसाइडदेखि पामेसम्मको दुईतर्फी यातायात सुविधा र प्रमाणपत्र प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ। यसअन्तर्गत बेलुन रिजर्भ गर्ने इच्छुकका लागि आधा घन्टाको ५५ हजार र एक घन्टाको ८० हजार रुपैयाँ शुल्क छ।
सम्बन्धित समाचारः
बेलुनमा उडेर पोखरा घुम्न पाइने
पोखरामा यसरी उड्यो ‘हट एयर’ बेलुन, नेपालीलाई ११ हजार, धम्पुस र लौरुकबाट उडान (भिडियो)
सम्बन्धित खबर
प्रतिभा सुपर लिग क्रिकेट सुरू, प्रतिभा र बाल मन्दिरको विजयी सुरूवात
पुलिसलाई हराउँदै न्यू डायमण्डले जित्यो टाइगर कपको महिलातर्फको उपाधि
होराइजन क्लब वालिङ्ले जित्यो २६ औं आदर्श कप
प्रेस चौतारी पत्रकारिता पुरस्कार रामजीलाई, विष्णुलाई सम्मान
पोखराका पत्रकारद्वय धन र सागरलाई टंकादेवी–तुलसीप्रसाद पत्रकारिता पुरस्कार
प्रतिभा माविमा गणित हाजिरीजवाफ
यो पनि पढौँ
स्याङ्जाको बैंकमा सुरक्षा गार्डमाथि चक्कु प्रहार, एक युवक पक्राउ
प्रतिभा माविमा गणित हाजिरीजवाफ
जसले संसद भवन जलायो, रास्वपाले मोरङ–२ मा उसैलाई उम्मेदवार बनायो
कान चुँडाएर सुन लुट्ने गिरोह पक्राउ, मुख्य नाइके जेन-जी आन्दोलनमा हिरासतबाट भागेका तामाङ