धादिङ घर भई पोखरामा अस्थायी तथा स्थायी बसोबास गर्दै आएका महिला दिदीबहिनीहरुको संस्था धादिङ त्रिपुरा बाराही महिला समूहले बुबाको मुख हेर्ने दिनको अवसरमा चिसाखोला वेद विद्याश्रममा भोजन, खाद्यान्न वितरण तथा नगद हस्तान्तरण गरेको छ ।
कुशे औंशी, बुबाको मुख हेर्ने दिन पारेर चिसाखोला वेद आश्रम पोखरा १८ मा रहेका ४७ जना बटुकहरूलाई बिहानको भोजन समेत गराइएको अध्यक्ष बबिता मल्लले जानकारी दिइन् ।

समूहले आफ्नो स्थापनाकालदेखि नै बार्षिक कार्ययोजना अनुसार बुबाको मुख हेर्ने दिन पारेर कार्यक्रम गर्दै आएको र आज पनि पवित्र दिनमा बटुक हरुलाई भोजन ग्रहण सहित खाद्यान्न सामान हस्तान्तरण गर्न पाउँदा खुशी र आनन्द मिलेको बताइन् । खाद्यान्न सामाग्रीका साथै नगद ६ हजारसमेत प्रदान गरिएको थियो ।
कार्यक्रममा आश्रममा रहेका बटुकहरुबाट स्वस्तिक पाठ समेत गरिएको थियो । चिसापानी वेद आश्रमका संरक्षक मोक्षनाथ तिमिल्सेनाले आश्रमको बारेमा बताई धन्यवाद ज्ञापन गरेका थिए । समूहकी उपाध्यक्ष बिन्दा धरेलले स्वागत मन्तव्य र सचिव रचना अधिकारीले कार्यक्रम संचालन गरेकी थिइन् ।

समूहको सामाजिक उत्तरदायित्व अन्तर्गत यसअघि पनि मानव सेवा आश्रम, विद्यालय र अति विपन्न वर्गका परिवारलाई आर्थिक एवं जिन्सी सामाग्री सहयोग गर्दै आइरहेको अध्यक्ष मल्लले जानकारी दिइन् ।
सम्बन्धित खबर
स्याङ्जाका कृषकलाई साढे दुई करोडभन्दा बढी अनुदान
ग्यास कृत्रिम अभाव सिर्जना नगर्न प्रशासनको आग्रह
स्याङ्जामा वर्षभर १७६ व्यवसायको अनुगमन, ९० हजार रुपैयाँ जरिवाना
स्याङ्जामा बाघको आक्रमणबाट १० वटा बाख्रा मरे
१५ वर्षपछि दामाचौर–रामपुर जोड्ने ट्रस पुल निर्माण सम्पन्न
गण्डकीका प्रदेश प्रमुख भट्टले गरे गाँजा विधेयक प्रमाणीकरण
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो
बसले ठक्कर दिँदा सुनकोशीमा खसेकाे कारभित्र ४ यात्रु रहेको खुल्यो