पोखरा । जरोटुप्पो संरक्षण साहित्य समाज नेपालले १५८ औं मोती जयन्तीको अवसर पारेर कुशै औंशी तथा मोती विमर्श कार्यक्रम सम्पन्न गरेको छ ।
कार्यक्रममा स्वतन्त्र पत्रकार संघ नेपालका संस्थापक राष्ट्रिय अध्यक्ष कृष्णप्रसाद बास्तोलाले स्थापनाकालदेखि नेपाली साहित्यका विशिष्ट प्रतिभाको जन्मजयन्तीलाई जरो मानेर विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको प्रतिष्ठानले भाषा साहित्य र संस्कृतिको संरक्षणमा उल्लेख्य योगदान दिएको बताए ।
उनले मोतीराम र कुशे औँशीको स्मरण गर्दा एकातर्फ आफ्ना पिताप्रपिताको, अर्कातर्फ नेपाली गजलका पिताको स्मरण हुने भएकाले नेपाली भाषा साहित्यको श्रीवृद्धिमा लाग्नेहरू बीच यो दिनको विशेष महिमा र महत्व रहेको धारणा राखे ।
मोतीरामका बारेमा प्रकाश पार्दै साहित्यकार स्ट्रगल रानाले मोतीरामले भानुभक्तलाई खोज्दै नहिँडेको भए हाम्रो नेपाली भाषा यति समृद्ध नहुने जिकिर गरे । रानाले मोतीरामले छोटो समयमा दिएको योगदानबाट वर्तमान पुस्ताले पाठ सिक्न आवश्यक रहेकोमा जोड दिए ।
गण्डकी प्रज्ञा–प्रतिष्ठानका परिषद् सदस्य कृष्णप्रसाद पौडेलले जरोटुप्पोले स्थापनाकालदेखि पृथक प्रकृतिमा कार्यक्रम सञ्चालन गर्दै आएकाले यसप्रति शुभेच्छुक, शुभचिन्तकको ठूलो आशा र भरोसा रहेको धारणा राखे ।
प्रा.डा. यामबहादुर पौडेल क्षत्रीले नेपाली भाषा र गजलको श्रीवृद्धिमा मोतीरामको योगदान तुलनै हुन नसक्ने बताए । उनले कुशे औशीका सन्दर्भमा स्वतस्फुर्त यस्ता गतिविधि सञ्चालन हुनु सम्पूर्ण भाषा, कला र साहित्यसेवीका लागि गौरवको विषय भएको बताए ।
मानवअधिकार पत्रकार संघ हुर्जा गण्डकीका अध्यक्ष असफल गौतमले कुशे औंशी र मोती जयन्ती आफैमा पृथक संस्कारसँग जोडिएको सन्दर्भ रहेकाले मोतीराम भट्टलाई नेपाली गजलका बाबुका रूपमा जरोटुप्पोले स्मरण गर्दै आएकोमा खुसी लागेको धारणा राखे ।
साहित्यकार विष्णु बास्तोलाले हामीले मोतीराम भट्टको जीवनीबाट धेरै कुरा सिक्न र व्यवहारमा लागू गर्न आवश्यक रहेको बताए । उनले आफ्नो व्यापार व्यवसायबाट बचेको समय साहित्य सिर्जनामा लाग्दा आफूलाई सन्तोष मिलेको विचार व्यक्त गरे ।
समालोचक मदन भण्डारीलाई थोरै प्रतिबद्ध व्यक्तिले आफ्नो जिम्मेवारी बोध गर्ने हो भने हामीमा देखिएका ८० प्रतिशत समस्याको निराकरण हुने धारणा राख्दै साहित्यको श्रीवृद्धिमा स्वार्थको गन्ध आउन नहुनेमा जोड दिए । कार्यक्रममा अनु बराल, अश्विन बराललगायतले कवितामा बुबा र मोतीरामलाई स्मरण गरेका थिए ।
सम्बन्धित खबर
चार वर्षमै अर्जुनचौपारीको शिक्षा क्षेत्रमा ठूलो फड्को
स्याङ्जामा बालबालिकालाई सारङ्गी सिकाइँदै, जोगाइँदै मौलिक संस्कृति
भरुवा बन्दुकसहित एक वृद्ध पक्राउ
गण्डकी प्रदेश प्रमुख भट्टसमक्ष मुस्लिम आयोगको वार्षिक प्रतिवेदन पेस
छैटौं टाइगर कपमा २२ लाख ६५ हजार रुपैयाँ बचत
आलु महोत्सव सकियाे, ५ करोडको कारोबार
यो पनि पढौँ
गण्डकी मन्त्रिपरिषद् हेरफेरः मुख्यमन्त्रीबाहेक सबै मन्त्री फेरिए
ओली र लेखकलाई पक्राउ गर्न ‘हतार’ भएको गृहमन्त्री सुधन गुरुङद्वारा स्वीकार
गण्डकीमा मन्त्रिमण्डल पुनर्गठनः एमाले र कांग्रेसबाट यी हुन् नयाँ मन्त्री
सरकारले फेरि बढायो डिजेल र इन्धनको मूल्य, कति पुग्यो ?