पोखरा । पोखरा आदर्श माध्यमिक विद्यालयमा स्कुल स्थापनाको २५ औं वर्ष विशेष अन्तर्गत रजत जयन्तीको पावन अवसरमा जिल्ला स्तरीय कविता प्रतियोगिता शुक्रबार सम्पन्न भयो।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि नेपाल संस्कृत नाट्य प्रज्ञा प्रतिष्ठान नेपालका पूर्व कुलपति प्राज्ञ सरुभक्त श्रेष्ठले बालबालिकाहरुको नेपाली साहित्यप्रति अभिरुचि रहेकोमा खुसी व्यक्त गरे । साथै नेपाली कविता, गीत, नाटकजस्ता साहित्यिक विधामा राज्यले पनि यसको संरक्षण र सम्बर्द्धनमा लाग्नुपर्ने बताए ।
गण्डकी प्रज्ञा प्रतिष्ठान, पोखरा नेपालको सहकार्यमा भानु सभाहलमा भएको उक्त प्रतियोगितात्मक कार्यक्रममा कुसे औंसीको सन्दर्भमा बाबुको गरिमा अनि महत्त्वसँग सम्बन्धित रहेर विद्यार्थीहरुले कविता वाचन गरेका थिए । कार्यक्रममा कुल ३५ जना विद्यार्थीहरुको सहभागिता रहेको थियो।
प्रतियोगितामा भास्कर स्कुलकी रोजी रानाभाट प्रथम, फिस्टेल माध्यमिक विद्यालयकी सन्तोषी ढकाल द्वितीय, पोखरा आदर्श माध्यमिक विद्यालयकी संस्कृति सुवेदी तृतीय र गुप्तेश्वर महादेव वेद विद्याश्रमका यादव पौडेल र राष्ट्रिय मा.विका विश्व अधिकारीले सान्त्वना स्थान हासिल गरेका थिए। कार्यक्रममा प्रथम, द्वितीय, तृतीय एवम् सान्त्वना (दुई जना) हुने बिजेताहरुलाई क्रमशः ८ हजार, ६ हजार, ४ हजार र १ हजार तथा प्रमाणपत्र प्रदान गरिएको थियो।
उक्त प्रतियोगितामा निर्यायकमण्डलतर्फ निर्यायक संयोजक प्रा.डा. जगन्नाथ रेग्मी र सदस्यका रूपमा अनुराग अधिकारी र जुना थापा रहेका थिए। कार्यक्रममा कक्षा ८, ९, र १० का विद्यार्थीहरुले स्वागत नृत्य प्रस्तुत गरेका थिए ।
विद्यालयका प्रधानाध्यापक श्री फणिन्द्र प्रसाद अधिकारीले स्वागत मन्तव्य राखेको उक्त कार्यक्रममा माउन्ट भ्याली कलेजका क्याम्पस प्रमुख श्री नारायण न्यौपानेले कार्यक्रमको औचित्यमाथि प्रकाश पारे। रजत जयन्तीकै अवसरमा भाद्र १४ र १५ गते सम्पन्न भएको कक्षा ११ र १२ का बिज्ञान र ब्यवस्थापन संकायका विद्यार्थीहरुबीच भएको प्रतियोगितात्मक फुटसल खेलमा बिजेता भएका खेलाडीहरुलाई यही कार्यक्रमकै बीच बिजेताहरुलाई प्रमाणपत्र वितरण गरिएको खेलकुद संयोजक राजकुमार सिंहले जानकारी दिए।
विशेष अतिथि रङ्गकर्मी एवम् कलाकार श्री प्रकाश घिमिरेले सारगर्भित मन्तव्य राखे। कार्यक्रममा विद्यालयले हासिल गरेका शैक्षिक उपलब्धि एवम् अतिरिक्त कार्यकलापका गतिविधिहरुलाई डकुमेन्ट्रीबाट प्रदर्शन गरिएको थियो। विद्यालय व्यवस्थापन समितिका अध्यक्ष श्री कमलराज सापकोटाको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमको संचालन कार्यक्रम संयोजक एवम् सह प्राचार्य श्री ज्ञानेश्वर सुबेदीले गरेका थिए।
रजत जयन्तीकै अवसरमा यो वर्ष भरी नै सामाजिक, सास्कृतिक एवम् प्रतियोगितात्मक कार्यक्रम हुने विद्यालयका प्रधानाध्यापक श्री फणिन्द्र प्रसाद अधिकारीले जानकारी दिए।
सम्बन्धित खबर
सडकबाट ट्रिपर खस्दा एक जनाको मृत्यु, चालक फरार
श्याम स्मृति फुटबल प्रतियोगिता २६ वर्षपछि पुनः सञ्चालनमा
सरकारी विज्ञापन नीतिविरुद्ध स्याङ्जाका पत्रकारको दबाब, प्रधानमन्त्रीलाई हस्ताक्षरसहित मागपत्र
पूर्वविद्यार्थीको पहलमा भीरकोटका दुई विद्यालयमा कम्प्युटर सहयोग
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु
नेपाल पत्रकार महासंघ स्याङ्जाद्वारा तीन पूर्व अध्यक्षलाई सम्मान
यो पनि पढौँ
उच्चतम् ४ जीपीए ल्याउने २८ जना विद्यार्थीले रोजे प्रतिभा मावि
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
प्रतिभाले नयाँ विद्यार्थीलाई सपथ खुवाउँदै गर्यो स्वागत
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु