पोखरा । पोखरा–३ नदीपुरस्थित बालमन्दिर माध्यमिक विद्यालयको ५९ औं वार्षिकोत्सव तथा पुरस्कार वितरण समारोह सम्पन्न भएको छ ।
बालदिवस अवसरसमेत परेको कार्यक्रममा गण्डकी प्रदेश सरकार सामाजिक विकास तथा स्वास्थ्य मन्त्री सुशीला सिंखडाले प्रदेश सरकार समग्र शिक्षा विकासको पक्षमा रहेको उल्लेख गर्दै विद्यालयको भौतिक निर्माणमा पनि सहयोग गर्ने बताइन् । उनले बालमन्दिरबाट शैक्षिक व्यवस्थापनको पाटो अन्य विद्यालयले पनि सिक्नुपर्ने औंल्याउँदै विद्यार्थीलाई अनुशासित बन्न सुझाव दिइन् ।
नेपाल बालसंगठन कास्की सभापति वामदेव ढुंगाना, शिक्षा विकास निर्देशनालय गण्डकी प्रदेशका निर्देशक अम्बिका आचार्य, पोखरा ३ का वडाध्यक्ष प्रकाशमान उदास, शिक्षा विकास समन्वय इकाई कास्की प्रमुख लोकनाथ आचार्य लगायतले बोलेका थिए ।
प्रधानाध्यापक सुशील बस्नेतले थुपै चुनौतीबीच हालसम्म शैक्षिक नतिजा सन्तोषजनक आइरहेको छ भन्दै विद्यालयमा आर्थिक तथा भौतिक समस्या रहेको स्पष्ट पारे । उनले ७५ जनामध्ये २२ जना शिक्षक कर्मचारीमात्रै सरकारी सेवा सुविधा उपयोग गर्ने रहेको तथ्य अगाडि सार्दै शिक्षक व्यवस्थापन तथा भौतिक विकासमा ध्यान दिन प्रदेश सरकारको ध्यानाकर्षण गराए ।
कार्यक्रमका बीच २० वर्ष सेवा गरेका शिक्षक तिलकबहादुर कार्की, सीमा पराजुली साथै कर्मचारी शारदा थापा तथा विभिन्न अक्षयकोषदातालाई सम्मान गरियो ।
त्यस्तै, विज्ञान प्रदर्शनी हुनका साथै विद्यार्थीले नृत्य तथा नाटक देखाए । नर्सरीदेखि कक्षा १२ सम्म उत्कृष्ट जिपिए हासिल गर्ने विद्यार्थीलाई शैक्षिक पुरस्कार वितरण गर्नुका साथै विभिन्न ९ कोषबाट छात्रवृत्ति पनि प्रदान गरियो ।
विद्यालयका अध्यक्ष वसन्तलाल कतिलाको अध्यक्षतामा भएको कार्यक्रममा विद्यार्थी रक्षा शर्माले स्वागत तथा विद्यार्थीहरू वीरेन्द्र श्रेष्ठ, रचना भट्टराई, विपाशना भण्डारी, रक्षा सुवेदी, स्वस्तिका पौडेल, कुशल पौडेल, पल्लवी वस्ताकोटी र सदीक्षा पौडेलले संयुक्त रुपमा कार्यक्रम सञ्चालन गरेका थिए । विद्यालयमा कुल १ हजार ३ सय ५० विद्यार्थी अध्ययनरत छन् ।
सम्बन्धित खबर
स्याङ्जाका कृषकलाई साढे दुई करोडभन्दा बढी अनुदान
ग्यास कृत्रिम अभाव सिर्जना नगर्न प्रशासनको आग्रह
स्याङ्जामा वर्षभर १७६ व्यवसायको अनुगमन, ९० हजार रुपैयाँ जरिवाना
स्याङ्जामा बाघको आक्रमणबाट १० वटा बाख्रा मरे
१५ वर्षपछि दामाचौर–रामपुर जोड्ने ट्रस पुल निर्माण सम्पन्न
गण्डकीका प्रदेश प्रमुख भट्टले गरे गाँजा विधेयक प्रमाणीकरण
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो
बसले ठक्कर दिँदा सुनकोशीमा खसेकाे कारभित्र ४ यात्रु रहेको खुल्यो