काठमाडौँको तीनकुने, गैह्रीगाउँमा चार जनाको ज्यान जाने गरी भएको हत्या प्रकरणमा प्रहरीले सिन्धुपाल्चोक घर भएका सञ्जय भण्डारीलाई पक्राउ गरेको छ । सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका वडा ९ स्थायी घर भएका र काठमाडौं काँडाघारीस्थित बीरेन्द्र चोकमा बस्ने २३ वर्षीय भण्डारीलाई प्रहरीले सार्वजनिक गरेको हो।
उनले मृत्यु भएका नवीन राईसँगको पुरानो दुस्मनीको बदला लिन सो घटना भएको खुलेको हो । बोल्न नसक्ने भण्डारीको प्रहरीले दोभासेको सहयोगमा बयान लिएको हो । घटनापछि खुकुरीसहित भागेका उनलाई प्रहरीले सीसीटीभी फुटेजको सहयोगमा पक्राउ गरेर आइतबार पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेको हो ।
बोल्न नसक्ने उनलाई केही समयअघि चाबहिलमा नवीन राई (विशाल) सवार मोटरसाइकलले ठक्कर दिएको र सोही क्रममा विवाद भएर रिसिईबी बढेको र त्यसकै निहुँमा उनी बसेको स्थान फेला पारेर हत्या गरेको खुलेको प्रहरीले जनाएको छ । सोही विषयमा कुरा गर्न सःमिल पुग्दा राईले कुटपिट गरेपछि हत्या गरेको उनले प्रहरीलाई बयान दिएका छन्।
उनले दिदिभिनाजुको घरबाट राईलाई भेटे छप्काइदिन्छु भन्दै खुकुरी बोकेर ल्याएको प्रहरीले जनाएको छ । भण्डारीले समिलको पछाडिको ढोकाबाट प्रवेश गरी हत्या गरेको प्रहरीको भनाइ छ । घटनापछि पनि उनी दिदिभिनाजुकैमा सुत्न गएका थिए । आइतबार बिहान भने प्रहरीले आफूलाई खोज्न सक्ने भन्दै सिन्धुपाल्चोक जान लागेका थिए । त्यही क्रममा उनी पक्राउ परेका हुन् । सिन्धुपाल्चोकमै उनले ८ कक्षासम्म र काठमाडौमा १२ कक्षासम्म अध्ययन गरेको प्रहरीले जनाएको छ ।
नवीनसँग मात्रै दुष्मनी भएपनि पोल खुल्न डरले उनले अन्य तीन जनाको पनि हत्या गरेको खुलेको उपत्यका अपराध अनुसन्धान कार्यालय एसएसपी सोमेन्द्र सिंह राठौरले जानकारी दिए ।
शुक्रबार मध्यराति गैह्रिगाउँस्थित दिव्य सःमिलमा मोरङ घर भएका १९ वर्षीय नवीन राईसहित सुरक्षा गार्डको जिम्मेवारीमा रहेका कुमार भुजेलसहित उनकी पत्नी अम्बिका भुजेल र उनकी आमा करिब ७० वर्षीय सुमित्रा भुजेलको हत्या भएको थियो ।
दीपेन्द्र राई रिहा
अनुसन्धानका क्रममा प्रहरीले शनिबार पक्राउ गरेको दीपेन्द्र राई रिहा भएका छन् । उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी सोमेन्द्र सिंह राठौरका अनुसार उनलाई आफन्तको जिम्मामा छाडिएको हो ।
घटनापछि दीपेन्द्र राई कपडा र जुत्तामा रगत लागेको अवस्थामा प्रहरी कार्यालयमा नै पुगेका थिए । त्यसपछि प्रहरीले उनलाई पक्राउ गरेको थियो ।
सम्बन्धित खबर
लिफ्ट दिने बहानामा महिलामाथि दुर्व्यवहार गर्ने एक युवक पक्राउ
बैङ्क खाताको रकम चोरीका घटना बढ्दै, सचेत रहन साइबर ब्यूरोको आग्रह
कास्कीको रुपामा बुबाको हत्या गरेको आरोपमा छोरा पक्राउ
११ वर्षीया बालिकामाथि यौन दुर्व्यवहार आरोपमा स्याङ्जाका एक पुरुष पक्राउ
चामलमै ११ थरी विषादी, लामो समय जोगाउन विषादीको अत्याधिक प्रयोग
२९ वर्ष पुरानो हत्या प्रकरणका फरार दोषी पक्राउ
यो पनि पढौँ
कास्कीको रुपामा बुबाको हत्या गरेको आरोपमा छोरा पक्राउ
पाेखरामा सुकुम्बासीको आन्दोलन घोषणा
पोखरा विमानस्थल भ्रष्टाचार प्रकरणमा पूर्वमन्त्री कार्कीसहित १४ जनाविरुद्ध मुद्दा दायर
सुदनको आरोप- ‘बालेनमा हिटलर र मुसोलिनी बन्ने सपना जागेको देखिन्छ’