काठमाडौं। पैदलयात्री महिलाको सुनको सिक्री लुटपाटमा संग्लग्न रहेको अभियोगमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ।
काठमाडौं महानगरपालिका-१४ कुलेश्वर आवास क्षेत्र नजिकै सडक किनाराबाट पैदल हिँडिरहेकी एक जना महिलाको दुई तोलाको सुनको सिक्री लुटपाटमा संलग्न रहेको अभियोगमा प्रहरीले चार जनालाई पक्राउ गरेको हो।
पक्राउ पर्नेहरूमा काठमाडौं -२८ बागबजार ठेगाना भएका ४४ वर्षीय सुरज गुरुङ, पर्सा वीरगंज महानगरपालिका -१७ घर भइ हाल काठमाडौं -१७ क्षेत्रपाटी बस्दै आएका ४८ वर्षीय अनवर हुसेन अंसारी, भारत पश्चिम बंगाल मेधिनापुर उदयचोक घर भइ काठमाडौं – २३ बस्दै आएका ४७ वर्षीय शक्ति भौमिक र भारत महाराष्ट्र सोलापुर गोरडवानी घर भइ काठमाडौं -२२ प्यूखाचोक बस्ने ३० वर्षीय सचिन गाड्वे रहेका छन् ।
प्रहरीका अनुसार ती महिलाले घाँटीमा लगाएको अन्दाजी २ तोला बराबरको सुनको लकेट सहितको सिक्री जबर्जस्ती लुटपाट गरी फरार रहेको घटना अनुसन्धानको क्रममा उनीहरुको संलग्नता खुल्न आएपछि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले उनीहरूलाई उपत्यकाका बिभिन्न स्थानबाट पक्राउ गरेको हो ।
उनीहरूमध्ये सुरज मोटरसाइकल चालक, अनवर मोटरसाइकल पछाडि बसेर सिक्री तान्ने, शक्ति सुन बेच्न सहयोग गर्ने र सचिन सुन खरिद गर्न संलग्न रहेको उक्त कार्यालयले जनाएको छ ।
उनीहरूलाई थप अनुसन्धानका लागि प्रहरी वृत्त कालिमाटी पठाइएको प्रहरीको भनाई छ ।
सम्बन्धित खबर
निर्वाचन आयोगद्वारा नमूना मतपत्र सार्वजनिक, काठमाडौंको सबैभन्दा ठूलो
निर्वाचन आयोग आचारसंहिता पालना गराउन सक्रिय, २१ जनालाई स्पष्टीकरण सोधियो
बालेन्द्रको घरमा चोरी भएको घटना के हो ?
नयाँतिर हावा चलेकै छ, तर प्रत्यक्ष–समानुपातिक मिलाएर एक नम्बर पार्टी बन्छौँ: प्रचण्ड
बालेनसँगै चुनावी अभियानमा हिँडेका पत्रकार सिटौला अछाममा बेहोस, सेनाको हेलिकप्टर पठाइयो
सहिदका आकांक्षा पूरा गर्नु नै सच्चा श्रद्धाञ्जलीः प्रदेश प्रमुख भट्ट
यो पनि पढौँ
स्याङ्जाको बैंकमा सुरक्षा गार्डमाथि चक्कु प्रहार, एक युवक पक्राउ
प्रतिभा माविमा गणित हाजिरीजवाफ
जसले संसद भवन जलायो, रास्वपाले मोरङ–२ मा उसैलाई उम्मेदवार बनायो
कान चुँडाएर सुन लुट्ने गिरोह पक्राउ, मुख्य नाइके जेन-जी आन्दोलनमा हिरासतबाट भागेका तामाङ