काठमाडौं। पैदलयात्री महिलाको सुनको सिक्री लुटपाटमा संग्लग्न रहेको अभियोगमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ।
काठमाडौं महानगरपालिका-१४ कुलेश्वर आवास क्षेत्र नजिकै सडक किनाराबाट पैदल हिँडिरहेकी एक जना महिलाको दुई तोलाको सुनको सिक्री लुटपाटमा संलग्न रहेको अभियोगमा प्रहरीले चार जनालाई पक्राउ गरेको हो।
पक्राउ पर्नेहरूमा काठमाडौं -२८ बागबजार ठेगाना भएका ४४ वर्षीय सुरज गुरुङ, पर्सा वीरगंज महानगरपालिका -१७ घर भइ हाल काठमाडौं -१७ क्षेत्रपाटी बस्दै आएका ४८ वर्षीय अनवर हुसेन अंसारी, भारत पश्चिम बंगाल मेधिनापुर उदयचोक घर भइ काठमाडौं – २३ बस्दै आएका ४७ वर्षीय शक्ति भौमिक र भारत महाराष्ट्र सोलापुर गोरडवानी घर भइ काठमाडौं -२२ प्यूखाचोक बस्ने ३० वर्षीय सचिन गाड्वे रहेका छन् ।
प्रहरीका अनुसार ती महिलाले घाँटीमा लगाएको अन्दाजी २ तोला बराबरको सुनको लकेट सहितको सिक्री जबर्जस्ती लुटपाट गरी फरार रहेको घटना अनुसन्धानको क्रममा उनीहरुको संलग्नता खुल्न आएपछि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले उनीहरूलाई उपत्यकाका बिभिन्न स्थानबाट पक्राउ गरेको हो ।
उनीहरूमध्ये सुरज मोटरसाइकल चालक, अनवर मोटरसाइकल पछाडि बसेर सिक्री तान्ने, शक्ति सुन बेच्न सहयोग गर्ने र सचिन सुन खरिद गर्न संलग्न रहेको उक्त कार्यालयले जनाएको छ ।
उनीहरूलाई थप अनुसन्धानका लागि प्रहरी वृत्त कालिमाटी पठाइएको प्रहरीको भनाई छ ।
सम्बन्धित खबर
सुदनले अन्तिम विकल्प संसद पुनर्स्थापना हुनसक्छ भनेपछि जेनजीहरू त्रसित
पोखरा विमानस्थलका आयोजना प्रमुख बिनेश मुनंकर्मीविरुद्ध साढे २ करोडको भ्रष्टाचार मुद्दा
प्रतिनिधिसभा पुनर्स्थापना माग्दै कांग्रेस सांसदले दायर गरेको रिटमाथि सुनुवाइ हुँदै
राहदानी दुरुपयोगसम्बन्धी रवि लामिछानेविरुद्धको मुद्दामा सुनुवाइ स्थगित
एमालेको मतदानमा प्यानलको लिस्ट लान पाइने, मोबाइल लान नपाइने
एमाले महाधिवेशन : मतदान जारी, लामबद्ध प्रतिनिधि
यो पनि पढौँ
पोखरा रंगशालामा पनि फ्लडलाइट जडान गरिनेछः कुलमान घिसिङ
पोखरेललाई फकाउँदै ओली- घच्चमच्च भएको भए सरी, विरोधीले लखेटेका बेला साथ खोजेको हुँ
एमालेका युवराज र अष्टलक्ष्मीसहित तीन शीर्ष नेताले सक्रिय राजनीति छाडे
नवनियुक्त ४ मन्त्रीले लिए शपथ, को हुन् नयाँ मन्त्री?