पोखरा । संविधान दिवसको सन्दर्भमा नेकपा (एमाले) गण्डकी प्रदेश कमिटीले बुधबार ‘संचारकर्मीसँग नेकपा (एमाले)’ कार्यक्रम सम्पन्न गरेको छ।
कार्यक्रममा पार्टी सचिव तथा गण्डकी प्रदेश इन्चार्ज गोकर्ण बिष्टले संविधानप्रति वितृष्णा फैलाउने तत्वको सक्रियता बढेको भन्दै व्यवस्थालाई नै असफल बनाउन हुने हर षडयन्त्रलाई परास्त गर्न राजनीतिक दलहरू एकताबद्ध हुनुपर्ने उल्लेख गरे।
संघीय लोकतान्त्रिक गणतन्त्रलाई बलियो बनाउन संविधानले व्यवस्था गरेका आधारभूत अधिकारको पूर्ण प्रत्याभूति जनतालाई दिलाउनु पर्ने बताए। संविधानका सम्पूर्ण अधिकारको निर्बाध प्रयोग गर्दै नागरिकहरू पनि राज्यप्रति जिम्मेवार र जबाफदेही हुनुपर्ने बिष्टको भनाई थियो।नेपालको संविधान धेरै दृस्टिकोणले उत्कृष्ट भएको भन्दै संविधानको कार्यान्वयन गराउने काम सरकारको भएको र सरकारको जिम्मेवारी सम्हालेका पात्रहरू चनाखो हुनुपर्ने बताए।
अहिले नै संविधान संसोधनको विषय निरर्थक हो बिष्टले उल्लेख गरे। पार्टी स्थायी कमिटी सदस्य किरण गुरुङले संविधान पूर्ण कार्यान्वयनको दिशामा देश अगाडि बढेको भन्दै अब दृढतापूर्बक संविधान कार्यान्वयनमा लाग्नु पर्ने उल्लेख गरे।

त्यसैगरी, स्थायी कमिटी सदस्य खगराज अधिकारीले संविधान निर्माणका क्रममा देखिएका कमी कमजोरी हटाउँदै अगाडि बढ्नुपर्ने भन्दै संविधान धेरै ठूलो बलिदानीले आएको उल्लेख गरे।
संविधान क्रमशः सबल बनाउनुपर्ने अधिकारीको भनाई थियो। संविधानको कार्यान्वयन गर्ने पात्रहरूका कमजोरीहरू सुधार्नु पर्ने भन्दै अधिकारीले सुशासन कायम गर्न बर्तमान संविधान सबल भएको बताए।
प्रदेश कमिटी अध्यक्ष नवराज शर्माको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन प्रदेश कमिटीका उप–सचिव एवम् प्रचार तथा प्रकाशन विभाग प्रमुख रश्मि आचार्यले गरेका थिए।
कास्कीका विभिन्न संचार माध्यममा कार्यरत संचारकर्मीहरूको उपस्थिति रहेको सो कार्यक्रममा गण्डकी प्रदेश सरकारले संसदमा पेश गरेको आम संचार बिधेयक, गण्डकीको पत्रकारिता, संचारकर्मीका समस्या र समाधानका लागि एमालेले खेल्न सक्ने भूमिकाको बारेमा छलफल भएको थियो ।
सम्बन्धित खबर
स्याङ्जाका ५६ मतदान स्थल अति संवेदनशील
सिद्धार्थ राजमार्गमा दुर्घटनापछि कुटपिट, भीरकोटका युवक प्रहरी नियन्त्रणमा
स्याङ्जाका पत्रकार न्यौपाने एनटिभीबाट सम्मानित
फेदीखोलामा चिया खाजा घरमा चोरी, एक जना पक्राउ
ट्याङ्की मर्मत गरेर फर्किने क्रममा भीरबाट खस्दा गल्याङमा एक जनाको ज्यान गयो
पुलिसलाई हराउँदै न्यू डायमण्डले जित्यो टाइगर कपको महिलातर्फको उपाधि
यो पनि पढौँ
स्याङ्जाको बैंकमा सुरक्षा गार्डमाथि चक्कु प्रहार, एक युवक पक्राउ
जनार्दनले ओलीको साथ लिएपछि गोरखामा मिलन चक्रेलाई समर्थन गर्नुपर्ने नैतिक दबाबमा बाबुराम
प्रतिभा माविमा गणित हाजिरीजवाफ
जसले संसद भवन जलायो, रास्वपाले मोरङ–२ मा उसैलाई उम्मेदवार बनायो