पोखरा महानगरपालिकाले पूर्ववत् रूपमा विद्यालय खोल्ने निर्देशन दिएलगत्तै पोखरा महानगरपालिकाका सामुदायिक विद्यालयका प्रधानाध्यापकहरूले आन्दोलन र माग पूरा नभएसम्मका लागि विद्यालय बन्द कार्यक्रम कायम रहने जवाफ फर्काएका छन् ।
आज एक संयुक्त विज्ञप्ति जारी गर्दै उनीहरूले अर्को सूचना नभएसम्मका लागि विद्यालय बन्द रहने जनाएका छन् । पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले एक विज्ञप्तिमार्फत पूर्ववत् रूपमा विद्यालय सञ्चालन गर्न निर्देशन दिएका थिए ।
विज्ञप्तिको पूर्ण पाठ :
सङ्घीय संसद् सचिवालय, संस भवन सिंहदरबार, काठमाडौंमा दर्ता गरिएको विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक २०८० सम्बन्धमा असहमति राख्दै नेपाल शिक्षक महासङ्घले गरेको ‘काठमाडौं केन्द्रित आन्दोलन र माग पूरा नभएसम्मको लागि विद्यालय बन्द कार्यक्रम’ लाई पूर्ण समर्थन गर्दै पोखरा महानगरपालिकाभित्रका तपसिलमा हस्ताक्षर भएका प्रधानाध्यापकहरूको मिति : २०८० आश्विन ४ गते बिहान ८:०० बजे राष्ट्रिय माध्यमिक विद्यालय, पोखरा-१ , पुरानो टुँडिखेलमा बसेको बैठकले अर्को सूचना नभएसम्मका लागि विद्यालयहरुको पठन पाठन बन्द गर्ने निर्णय गरिएको छ ।
यस अवधिमा विद्यार्थीलाई पुग्ने शैक्षिक क्षतिप्रति अत्यन्त संवेदनशील हुँदै उक्त क्षतिलाई आगामी दिनमा विद्यालयले निर्धारण गरेका बिदाका दिनहरू कटौति गरी पूरा गराउने सामूहिक/सार्वजनिक प्रतिबद्धतासहित यस पेसागत अधिकार प्राप्तिको महान् अभियानमा सहयोग गर्न समस्त शैक्षिक सरोकारवालाहरू क्रमश: शिक्षकहरू, कर्मचारीहरू, विद्यार्थीहरू, पत्रकारहरू, अभिभावकहरू, शिक्षाविद्हरूलगायत सम्पूर्ण आम जनसमुदायलाई हार्दिक अपिल गर्दछौं ।

सम्बन्धित खबर
पुस्तकालय व्यवस्थापन सम्बन्धी तालिम सम्पन्न
‘निट पत्रकारिता पुरस्कार’बाट कोइराला पुरस्कृत
पोखरामा सँगै मदिरा पिएपछि विवाद हुँदा साथीको हत्या, दुई जना पक्राउ
चरक मेमोरियल हस्पिटलको १३ औं वार्षिकोत्सवमा विविध कार्यक्रम
एन प्याब्सनको बृहत् बाल प्रतिभा पहिचान महोत्सव तथा खेलकुद, १५ सय विद्यार्थी प्रतिस्पर्धा गर्दै
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
यो पनि पढौँ
चरक मेमोरियल हस्पिटलको १३ औं वार्षिकोत्सवमा विविध कार्यक्रम
‘पोखरा विन्टर फेष्ट’ आगामी शनिबार, चर्चित भारतीय कलाकार सञ्जु राठोडको प्रस्तुती रहने
पोखरेललाई फकाउँदै ओली- घच्चमच्च भएको भए सरी, विरोधीले लखेटेका बेला साथ खोजेको हुँ
इन्धनबाट चल्ने गाडीहरु विस्थापन हुँदा सयौँ मजदुरहरु पलायन हुने स्थिति आयोः श्रेष्ठ