पत्रकार ऋषिकान्त पौडेल ‘यातायात व्यावसायिक पत्रकारिता पुरस्कार –२०८०’ बाट पुरस्कृत भएका छन् ।
नेपाल पत्रकार महासंघ कास्कीको सहकार्यमा पोखरा यातायात प्रा.लि.ले हरेक वर्ष प्रदान गर्दै आएको पुरस्कारबाट पौडेल पुरस्कृत भएका हुन् । प्रा.लि.को पाँचौ वार्षिक साधारण सभाको अवसर पारेर आज पोखरामा आयोजित कार्यक्रममा पौडेललाई पुरस्कृत गरिएको हो ।
विगत १७ वर्षदेखि पत्रकारिता पेशामा क्रियाशिल पौडेललाई नगद २५ हजार रुपैया , सम्मान पत्रसहित दोसल्ला ओढाएर सम्मान गरिएको थियो । सडक यातायातसँग सम्बन्धित सुचना एवम् सचेतनामूलक समाचारको माध्यमबाट आमजनता र सरोकारवालालाई सु–सुचित गराउन उल्लेख्य योगदान पु¥याएकोमा महासंघ तथा प्रालिले पौडेललाई पुरस्कृत गरेको हो ।
पौडेलले यसअघि गोल्डेन आई टेलिभिजन , एभिन्यूज टेलिभिजन , पोखरा हटलाईन राष्ट्रिय दैनिक, पोखरा टेलिभिजन, गन्थन डटकम लगायतका संञ्चारमाध्यममा आवद्ध भई समाचार संकलन तथा सम्पादनको कार्य गरिसकेका छन् । यसैगरी, पोखराका पहिलो पत्रकार स्वर्गिय जगन्नाथ सिग्देलको स्मृतिमा नेपाल पत्रकार महासंघ कास्कीद्वारा सञ्चालित हिमदुत पत्रकारिता पुरस्कारबाट पनि पुरस्कृत पौडेल विभिन्न सामाजिक संघ–संस्थाबाट समेत सम्मानित भइसकेका छन् ।
प्रा.लिले हरेक वर्ष प्रदान गर्ने उक्त पुरस्कारबाट यसअघि पत्रकारहरु दिपेन्द्र श्रेष्ठ, गोविन्द सुवेदी, सन्तोष अधिकारी, अर्जुन गिरी, रञ्जन अधिकारी, यदुनाथ बञ्जरा, कमल पौडेल अथक लगायत सम्मानित भैसकेका छन् ।
सम्बन्धित खबर
चाङ्गान नेभो Q05 पोखरामा सार्वजनिक, डीपल शोरुम पोखरामा ४ दिने टेस्ट ड्राइभ कार्यक्रम
कोरियाली कलाकार किमद्वारा बाढीपीडितलाई ५ हजार किलो चामल सहयोग
स्याङ्जामा चिप्लिएर नहरमा खसेका वृद्धको मृत्यु
माइक्रो बस र मोटरसाइकल ठोक्किँदा दुई जना घाइते
१८ वर्षअघि गर्भवती महिलाको मृत्यु प्रकरणमा एक महिला थुनामा, अर्की धरौटीमा छुटिन्
बालिका बेचबिखनको आरोपमा एक जना कारागार चलान
यो पनि पढौँ
तीज मनाउन भदैसँग माइत हिँडेकी महिलाको दुपट्टा मोटरसाइकल चक्कामा बेरिएर बाटैमा ज्यान गयो
स्याङ्जामा गोठमा अचेत भेटिएकी महिलाको मृत्यु
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन