बागलुङ जिल्लाको बागलुङ नगरपालिका वडा नं. १३ का वडा अध्यक्ष नारायण शर्मा पौडेल प्रतिपक्षीसँग हातेमालो नगरी एकलौटी ढंगले आफ्नै सुरले अघि बढेकोमा एमाले बा.न.पा. १३ वडा कमिटिले गम्भिर असहमति जनाएको छ ।
एमाले वडा कमिटिको एक टोली वडा कार्यालय पुगेर ध्यानाकर्षणपत्र पनि बुझाएको छ । गत स्थानीय निर्वाचनमा वडा नं. १३ पैयुँपाटामा काँग्रेस, माओवादी, जनमोर्चा, समाजवादीको गठबन्धनले जित हात पारेपछि प्रतिपक्षी दल एमालेसँग कुनै पनि सहकार्य नगरी अघि बढेकोमा एमालेले आपत्ति जनाएको हो ।
एमाले वडा कमिटि अध्यक्ष टेकबहादुर रोका र सचिव नरसिंह बहादुर खत्रीले हस्ताक्षर गरी बागलुङ नगरपालिकाको कार्यालयलाई समेत बोधार्थ लेखिएको ध्यानाकार्षण पत्रमा विभिन्न १२ बुँदा समेटिएको छ ।
वडा भित्र सार्वजनिक जग्गाको पहिचान तथा संरक्षण नभएको, बाटोको मापदण्ड विपरित बनेका संरचनाको निगरानी हुन नसकेको, हाइटेन्सनबाट सामाजिक सेवा वापत आउने रकम पारदर्शी नभएको, वडाको सामाजिक लेखापरीक्षण नभएको, दुई कार्यकाल नेतृत्व गर्दा पनि वडामा काम हुन नसकेको विषयमा ध्यानाकर्षण गराइएको छ ।
विभिन्न योजनाहरु, यातायात, एम्बुलेन्स लगायतमा वडाबासीको गुनासो आएको, सानो सिफारिससमेत समयमा हुन नसकेको प्रति ध्यानाकर्षण गराइएको छ ।


सम्बन्धित खबर
पहिरोले कालीगण्डकी करिडोर अवरुद्ध, आवागमन ठप्प
उच्च अदालत बागलुङ इजालसको भवन निर्माण सम्पन्न
बागलुङमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु, १४ जना घाइते
गलकोटमा लोपोन्मुख हनुमान नाच प्रदर्शन
पहिरोले कालीगण्डकी कोरिडोर अवरुद्ध
बागलुङको काठेखोलामा चियाको व्यावसायिक उत्पादन सुरु
यो पनि पढौँ
स्याङ्जामा रास्वपाका नेताहरूलाई काँग्रेसबाट निर्वाचित वडाध्यक्ष सुनिल खनालले रड हाने
डेलिभरीका लागि अस्पताल हिँडेकी रेनुका, सासु र श्रीमानसहित दुर्घटनामा अस्ताइन्
पोखराका नगरबसको कालो धुवाँ जाँच गरेकामध्ये आधा चलाउनै नमिल्ने गरी फेल
स्याङ्जामा जबरजस्ती करणीको आरोपमा एक युवक पक्राउ