पोखरा । राधा–लक्ष्मी स्मृति पुरस्कार शैक्षिक क्षेत्रमा उल्लेख्य योगदान पु¥याएका शिक्षासेवी चतुरमान श्रेष्ठलाई अर्पण गरिने भएको छ ।
साहित्यिक, शैक्षिक, सामाजिक एवम् आध्यात्मिक व्यक्तित्व लक्ष्मीशरण उपाध्याय र सहधर्मिणी राधा पौडेलको स्मृतिमा परिवारद्वारा स्थापित पुरस्कार हेमजा साहित्य प्रतिष्ठान नेपालद्वारा सञ्चालित छ ।
उक्त पुरस्कारको राशि ११ हजार १ सय ११ नगदसहित सम्मानपत्र र दोसल्ला रहेको छ ।
प्रतिष्ठानले कास्कीको बाटुलेचौरमा जन्मेर २०१७ सालदेखि २०५४ सालसम्म अध्यापन गरी शैक्षिक क्षेत्रमा पु¥याएको योगदानको कदर गर्दै श्रेष्ठलाई पुरस्कृत गर्ने निर्णय गरिएको हो । प्रतिभा छनौट उपसमितिको सिफारिसलाई प्रतिष्ठानको बैठकले सर्वसम्मत पारित गरेको हो ।
लक्ष्मीशरण उपाध्याय र राधा पौडेलको स्मृतिमा पुत्रद्वय केशवशरण पौडेल र माधवशरण पौडेल परिवारद्वारा स्थापित कोषको व्याजबाट हरेक वर्ष उक्त पुरस्कार अर्पण गरिदै आइएको छ । यसअघि उक्त पुरस्कारबाट छन्दकवि माधव वियोगी पुरस्कृत भइसकेका छन् ।
पुरस्कार असोज ८ गते पोखरामा एक समारोहका बीच अर्पण गरिने प्रतिष्ठानका अध्यक्ष बलराम पौडेलले जानकारी दिए ।
सम्बन्धित खबर
कतारमा रहेका भीरकोटवासीद्वारा तीन बिरामी परिवारलाई आर्थिक सहयोग
१० वर्षदेखि फरार बहुविवाह मुद्दाका दोषी पक्राउ
पोखराको पालिखेचोकमा मोटरसाइकल दुर्घटना, पर्वतका २४ वर्षीय सुनारको मृत्यु
एउटा समाचारले बदलियो कृष्ण बोटेको जीवन, जापानबाट आएको सहयोगले बल्यो घरको उज्यालो
पत्रकार केशव पाठकसहित सात जना प्रदेश खेलकुद पदकबाट विभुषित
बाल यौन दुर्व्यवहार आरोपमा पोखरा १२ स्थित सरस्वती आविका प्रअ रानाभाट पक्राउ
यो पनि पढौँ
सरकार पक्षले बलजफ्ती शव बुझ्न दबाब दिएपछि गणेश नेपालीका बुबाले गरे आत्महत्याको प्रयास
पोखराको पालिखेचोकमा मोटरसाइकल दुर्घटना, पर्वतका २४ वर्षीय सुनारको मृत्यु
बालेनले नै मेयर हुँदा २ वर्ष अघि तोकेका थिए चर्को जरिवाना
बाल यौन दुर्व्यवहार आरोपमा पोखरा १२ स्थित सरस्वती आविका प्रअ रानाभाट पक्राउ