दाङ । खुकुरी प्रहारबाट दाङमा एक महिलाको मृत्यु भएको छ । दुई जना गम्भीर घाइते भएका छन् ।
दाङ तुलसीपुर उपमहानगरपालिका– ११ मा शनिबार दिउँसो दुई बजे स्थानीय ४२ वर्षीय टेकबहादुर हमालले खुकुरी प्रहार गर्दा छिमेकी बेलटाकुराकी ४३ वर्षीया रीता लामिछानेको घटनास्थलमै मृत्यु भएको हो । हमालले प्रहार गरेको खुकुरीको चोटले स्थानीय अन्दाजी ६५ वर्षीया कमलाकुमारी हमाल र उनका छोरा ४५ वर्षीय वीरबहादुर हमाल गम्भीर घाइते भएका छन् ।
टाउकोमा गहिरो चोट लागेकी कमलाकुमारीलाई उपचारका लागि नेपालगञ्ज मेडिकल कलेज कोहलपुर लगिएको छ । हातमा चोट लागेका वीरबहादुरको भने राप्ती प्रादेशिक अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
खुकुरी प्रहार गर्ने टेकबहादुरलाई प्रहरीले पक्राउ गरेको छ । घरबाट खुकुरी लिएर निस्किएका उनले देउता चढेको भन्दै बाटोमा भेटिने सबैलाई अन्धाधुन्ध खुकुरी प्रहार गर्दै हिँडेका थिए ।
पक्राउ परेका टेकबहादुरको मानसिक स्वास्थ्य चेकजाँच भइरहेको र त्यसपछि मात्र केही कुरा बताउन सकिने जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ।
टेकबहादुर केही महिनाअघि मात्र भारतबाट फर्केका थिए । उनले घरमा कुखुरा पालन गरेका थिए ।
सम्बन्धित खबर
रौतहटमा चट्याङ लागेर एक जनाको मृत्यु
निदाएका श्रीमानमाथि दाउ प्रहार गरी हत्या
गायिका रचना रिमाल डिस्चार्ज
हेवा खोलामा बेलिब्रिज खस्दा ३ जना मजदुरको मृत्यु
मोटरसाइकल दुर्घटनामा प्रहरी हवल्दारको मृत्यु, श्रीमती र छोरा गम्भीर घाइते
बदली र वर्षाको सम्भावना कहाँ-कहाँ?
यो पनि पढौँ
अपडेट: मृतक तनहुँका मनोज भुजेल, स्याङ्जाका ट्याक्टर चालक र सहचालक पक्राउ
पोखरामा होटलको छतबाट खसेर बुटवलकी महिलाको मृत्यु
पोखराको वन क्याम्पस नजिकै सडकमा युवकको हत्या
वन विज्ञान क्याम्पस क्षेत्रका स्थानीय भन्छन्ः घटना राति नै भएको हुनसक्छ