लमजुङको बेंसीसहरमा रोकेर राखेको ट्याक्टरमा मोटरसाइकल ठोक्किँदा युवकको मृत्यु भएको छ । झापाको गौरादह–५, बालुवाथान घर भई हाल बेंसीसहर–३, रानीकुवा बस्दै आएका २५ वर्षीय मनिष श्रेष्ठको मृत्यु भएको प्रहरीले जनाएको छ ।
श्रेष्ठ सवार ना ४७ प ६४६९ नम्बरको मोटरसाइकल बेंसीसहर गैरीधारा नजिकै सडकमा रोकेर राखेको ग १ त ३८४२ नम्बरको ट्याक्टरमा राति साढे ११ बजेतिर ठोक्किएको थियो । त्यसपछि सख्त घाइते श्रेष्ठलाई उपचारको लागि लमजुङ अस्पतालमा लगिएकोमा उपचारका क्रममै मृत्यु भएको लमजुङ प्रहरीले जनाएको छ ।
श्रेष्ठको टाउको लगायत शरीरका विभिन्न भागमा गम्भीर चोट लागेको थियो । मध्यरात १२ बजेतिर डाक्टरले मृत घोषणा गरेको थियो । उनी कामको सिलसिलामा बाबु आमा सँग लमजुङ आएपनि पछिल्लो समय आफनो दिदिसँग बेसीशहर नपा– ८ शेरामा कोठा भाडामा बस्दै आएका थिए ।
प्रहरीका अनुसार मोटरसाइकलमा श्रेष्ठ एक्लै सवार रहेको बुझिएको छ । रातको समयमा तीव्र गतिका कारण मोटरसाइकल अनियन्त्रित भएर ट्याक्टरमा ठोक्किन पुगेको हुन सक्ने प्रहरीले अनुमान गरेको छ । श्रेष्ठको शव पोष्टमार्टमको लागि अस्पतालमा राखिएको छ । प्रहरीले ट्याक्टर चालकलाई नियन्त्रणमा लिएको जनाएको छ । घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
सम्बन्धित खबर
जंगली कुखुरा मार्न गएका बेनीका युवकको भीरबाट लडेर मृत्यु
चार वर्षमै अर्जुनचौपारीको शिक्षा क्षेत्रमा ठूलो फड्को
स्याङ्जामा बालबालिकालाई सारङ्गी सिकाइँदै, जोगाइँदै मौलिक संस्कृति
भरुवा बन्दुकसहित एक वृद्ध पक्राउ
गण्डकी प्रदेश प्रमुख भट्टसमक्ष मुस्लिम आयोगको वार्षिक प्रतिवेदन पेस
छैटौं टाइगर कपमा २२ लाख ६५ हजार रुपैयाँ बचत
यो पनि पढौँ
ओली र लेखकलाई पक्राउ गर्न ‘हतार’ भएको गृहमन्त्री सुधन गुरुङद्वारा स्वीकार
सुदनले साधारण सदस्य समेत नरहने गरी पार्टी छाडे
सरकारले फेरि बढायो डिजेल र इन्धनको मूल्य, कति पुग्यो ?
शेखरले गगनलाई स्वीकार्दै , शशांक र धनराजसहितले छोडे देउवा समूह