काठमाडौँ । २०७९ सालको पद्मश्री साहित्य पुरस्कार समालोचक तथा आख्यानकार डा. देवीप्रसाद सुवेदीको उपन्यास ‘मनु’ लाई दिइने भएको छ ।
खेमकला हरिकला समाज कल्याण प्रतिष्ठानका अध्यक्ष जीवा लामिछानेले सोमबार प्रेस विज्ञप्ति जारी गर्दै २०७९ सालको पद्मश्री साहित्य पुरस्कार ‘मनु’ लाई दिने निर्णय भएको जानकारी दिएका हुन् ।
प्राप्त १८० पुस्तक मध्येबाट पहिलो चरणमा १५ र दोस्रो चरणमा परेका पाँच सूचीभित्र परेका पुस्तकबाट ‘मनु’ छनोट भएको हो ।
अन्तिम पाँच पुस्तकको सूचीमा मनुसहित इजोरिया, ऐंठन, शून्यको मूल्य र मफलर थिए । पद्मश्री साहित्य पुरस्कार पाएको ‘मनु’ ऋग्वैदिक समाजको परिवेशमा चित्रित सामाजिक–सांस्कृतिक उपन्यास हो ।
यस्तै, प्रतिष्ठानले प्रदान गर्दै आएको प्रद्मश्री साधना सम्मान कार्टुनिस्ट दुर्गा बराल (वात्स्यायन)लाई प्रदान गरिने भएको छ । चित्रकला र कार्टुनको क्षेत्रमा वात्स्यायनले लामो समय व्यतीत गरेका छन् ।
गत वर्षदेखि मात्रै सुरु गरिएको पद्मश्री गौरव पुरस्कार काठमाडौँ विश्वविद्यालयका संस्थापक उपकुलपति सुरेशराज शर्मालाई प्रदान गरिने भएको छ । शिक्षा क्षेत्रमा शर्माले गरेको योगदानलाई कदर गर्दै पुरस्कार प्रदान गर्न लागिएको प्रतिष्ठानले जनाएको छ ।
तीनवटै पुरस्कारको राशि तीन लाख रुपैयाँ रहेको छ । पुरस्कार कोजाग्रज पूर्णिमाको दिन वितरण गरिने प्रतिष्ठनले जनाएको छ ।
सम्बन्धित खबर
श्रमिकको न्यूनतम तलब बढ्यो, अब १९ हजार ५५० रुपैयाँ
आजको मौसम पूर्वानुमान
रास्वपाको ‘स्वतन्त्र’ शब्द र ‘घण्टी’ चुनाव चिन्हविरुद्ध निर्वाचन आयोगमा निवेदन दर्ता
वैशाख यता विपदमा परेर ९३ जनाले ज्यान गुमाए, २२ बेपत्ता
पूर्वराष्ट्रपति भण्डारी एमालेमा फर्किन मिल्छ कि मिल्दैन पार्टीले निर्णय गर्छ: ओली
छुरा प्रहार गरेर दाजुको हत्या, भाइ घाइते
यो पनि पढौँ
तनहुँको अम्रेनीमा रोकिराखेको ट्रकमा ठोक्किँदा स्कूटर चालकको मृत्यु, एक घाइते
आइतबार गण्डकी प्रदेशमा सार्वजनिक बिदा
स्कूल बिदामा घर गएका बालकको खेतको आलीबाट लडेर मृत्यु
छोरेपाटन मावि अध्यक्षलाई कालोमोसो दल्ने योजनाकार सुजन बिक पक्राउ, २ जना खोज्दै पक्राउ