पोखरा । पोखरा महानगरपालिका वडा नम्बर १२ ले मातहतका विद्यालयहरुमा शिक्षण सिकाइ क्रियाकलापमा आइसिटी (सूचना र सञ्चार प्रविधि)को प्रयोग गर्ने भएको छ ।
नेपालकै नमूना विद्यालयमध्येमा पर्ने शितलादेवी सामुदायिक स्कुल, अमरसिंह उच्च माविलगायतमा आइसिटी कक्षाको रुपमा विकास गर्ने भएको छ भने विद्यालयहरुमा इन्टरनेट निशुल्क गर्ने भएको छ ।
विद्यालयहरुमा प्राविधिक क्षेत्रमा अध्ययन गर्नेलाई प्रोत्साहन र विद्यालयहरुमा डिजिटल कक्षाको विकास गर्दै आइटी बढ्ने विद्यार्थीलाई पनि वडाले नै निशुल्क इन्टरनेटको व्यवस्था गर्ने भएको हो ।
वडाले नीति तथा कार्यक्रममै समावेस गराएर प्राविधिक शिक्षा पढ्नेलाई प्रोत्सहन र विद्यालयहरुलाई डिजिटल बनाउँदै पूर्वाधार सुधारमासमेत जोड दिइएको अध्यक्ष सन्तोष बास्तोलाले जानकारी दिए ।
‘देशकै नमूना विद्यालयका रुपमा पुरस्कृत भइसकेका शितलादेवी, अमरसिंह माविजस्ता विद्यालयलाई प्रविधिमैत्री बनाउँदै आइटी पढ्ने विद्यार्थीलाई निशुल्क इन्टेरनेटको व्यवस्था वडाले नै गर्ने हो, वडाध्यक्ष बास्तोलाले भने, ‘सरकारी विद्यालयप्रति अझै विश्वास बढाउनका लागि जनप्रतिनिधिले अझै ध्यान दिनुपर्छ भनेर लागि परेका छौं ।’
वडाले सबैजसो विद्यालयमा कम्तिमा हप्तामा १ दिन जीवनोपयोगी शिक्षा प्रदान गर्ने नीति लिएको छ । कम्तिमा हप्ताको एक दिन घरायसी कामदेखि जिम्मेवारी सिकाउनेसम्मका शिक्षा दिने गरी योजना अगाडि बढाइएको अध्यक्ष बास्तोलाले बताए ।
छोराछोरीबीच समानता ल्याउन र समाजमा वंश धान्ने नाममा छोरै चाहिन्छ भन्ने मान्यता हटाउन पोखरा-१२ मा छोरीमात्र पाउने दम्पतिलाई ५० हजार रुपैयाँ दिने कार्यक्रम ल्याएको छ । २ वटासम्म छोरी जन्माएर परिवार नियोजन गर्ने दम्पतिलाई ५० हजार रुपैयाँ वडा दिने नीति लिइएको अध्यक्ष बास्तोलाले जानकारी दिए ।
‘पोखरा-१२ प्रशस्त स्वास्थ्य संस्था रहेको वडा हो । स्वास्थ्य संस्थाहरुमा छोरा भए राख्ने नत्र भ्रूण हत्या नै गर्ने योजना साथ अझै पनि मानिसहरु आउने गरेको पनि मैले थाहा पाएँ ।
अझै पनि यो समाजमा रहेको असमानता रोक्नुपर्छ भनेर २ वटासम्म छोरी पाएर परिवार नियोजन गर्नेलाई प्रोत्साहन गर्ने नीति लिएका हौं,’ अध्यक्ष बास्तोलाले भने ।
अपांगता भएका व्यक्तिहरुका लागि उपचार गर्न निशुल्क सवारी साधनको व्यवस्थासमेत वडाले गर्ने भएको छ । अपांगता भएका व्यक्तिलाई सहजताका लागि स्वास्थ्य संस्थामा पुगेर उपचार गराएर फर्किँदाको सवारी साधन गर्न वडाले नै गर्न लागेको बास्तोलाले बताए ।
सम्बन्धित खबर
लेखनाथमा गुरुकुल सञ्चालन गरिने
अरौंदी खोलाको कजवेमा आवतजावत बन्द, पटक–पटकको दुर्घटनापछि प्रशासनको कडाइ
४४ सहाराविहीन बालबालिकाकी ‘आमा’ कमला
अवैध बालुवा ओसार्ने ट्याक्टरलाई १० हजार जरिवाना
अरौंदी खोलाले बगाएका युवा मृत फेला
सात वर्षपछि पुल बन्यो, तर पहुँचमार्ग बनेन
यो पनि पढौँ
हेम्जामा मोटरसाइकल दुर्घटना हुँदा १६ वर्षीय किशोरको मृत्यु
निर्मल पुर्जाको शव बेलायत लगियो, तीन नेपालीको मंगलबार काठमाडौं ल्याइने
स्याङ्जामा दुई मोटरसाइकल ठोक्किँदा दुई जना घाइते
ग्यास अभाव हुँदैन, अनावश्यक सञ्चय नगरौँः ग्यास उद्योग सङ्घ