पोखरा । पोखरामा हुने ईन्टर कलेज व्याण्ड कम्पिटिसन हेर्न जाने दर्शकलाई निःशुल्क सिम वितरण गरिने भएको छ । पोखरा सांगीतिक कलाकार संघको आयोजनामा यहि असोज १२ र १३ गते हुने सो प्रतियोगिता हेर्न जाने दर्शकलाई नेपाल टेलिकमको सिम निःशुल्क वितरण गरिने भएको हो । दर्शकले काटेको टिकटको आधारमा सिम वितरण गरिने पोखरा सांगीतिक कलाकार संघका अध्यक्ष हर्कराज गुरुङ (भाई)ले जानकारी दिए । सिम वितरणका लागि नेपाल टेलिकमले स्टल राख्ने उनको भनाई छ । सिममा व्यालेन्स कति हुन्छ भन्नेबारेमा भने नेपाल टेलिकमले निर्णय गरिसकेको छैन ।
प्रतियोगितामा करीब २५ टिमले प्रतिष्पर्धा गर्ने संघका सचिव भाष्करध्वज श्रेष्ठले जानकारी दिए । फारम भर्ने क्रम सकिएर अहिले डिजिटल अडिसनका लागि व्याण्डहरुले पठाएको भिडियो हेरेर छनौट गर्ने काम भइरहेको उनले बताए । प्रतिष्पर्धाका लागि संघले यसअघि फारम भर्नका लागि आह्वान गरेको थियो ।
प्रतियोगिता असोज १२ र १३ गते पोखरा प्रदर्शनी केन्द्र परिसरमा रहेको डोममा आयोजना हुँदैछ । प्रतियोगितामा कक्षा ८ देखि माथि स्नातकोत्तरसम्म अध्ययनरत विद्यार्थीहरुको व्याण्ड सहभागि हुन पाउने प्रावधान रहेको छ ।
प्रतियोगिताका लागि सहभागि हुन चाहने कलेज व्याण्डहरुले फारम भरेपछि डिजिटल अडिसनका लागि भिडियो पठाएका छन् । त्यहि भिडियोका आधारमा दोश्रो चरणका लागि व्याण्डहरु छनौट हुने संघका अध्यक्ष हर्कराज गुरुङ (भाई)ले बताए । त्यसमा छनौट भएकाहरु सेमीफाईनलमा प्रवेश गर्ने र फाईनल प्रवेशका लागि पुनः प्रतिष्पर्धा गर्नुपर्ने उनले स्पष्ट पारे । फाईनल राउण्डमा प्रवेश गरेकाहरुले गरेको प्रस्तुतीका आधारमा प्रथम, द्वितीय र तृतीय घोषणा गरिने उनले जानकारी दिए । उनका अनुसार व्याण्डहरुले कभर सङ्ग मात्रै गाए पुग्छ ।
प्रतियोगिताको उपाधि बिजेतालाई नगद १ लाखसहित प्रमाणपत्र, उपबिजेतालाई नगद ५० हजार र तेश्रो हुनेलाई नगद २५ हजारसहित प्रमाणपत्र प्रदान गरिने क्लवका सचिव भाष्करध्वज श्रेष्ठले जानकारी दिए । त्यस्तै, प्रतियोगितामा उत्कृष्ट भोकल, लिड गिटार, रिदम गिटार, बेस गिटार र उत्कृष्ट ड्रमरलाईपनि नगद ५/५ हजारसहित प्रमाणपत्र प्रदान गरिने उनले बताए ।
पोखराको सांगीतिक माहोल तताउँदै व्याण्डहरुलाई पुनःजागृत गराउने उद्देश्यले ईन्टर कलेज व्याण्ड कम्पिटिसन गर्न लागेको पोखरा सांगीतिक कलाकार संघले जनाएको छ । प्रतियोगिताले विद्यालयमा अध्ययनरत विद्यार्थीमा लुकेर रहेका प्रतिभाको उजागर गर्नुका साथै विद्यालयमा सांगीतिक माहोल सिर्जना गर्नका लागि वातावरण बनाउने उनको भनाई छ ।
प्रतियोगिताले संगीतको माध्यमबाट सुस्ताएको पर्यटन उकास्न भूमिका खेल्ने संघका उपाध्यक्ष टोपबहादुर खत्री (कान्छादाई)ले बताए ।
सम्बन्धित खबर
अवैध सालको काठसहित मिनि ट्रक नियन्त्रणमा
पुस ७ देखि अर्जुनचौपारीमा तीनदिने राष्ट्रपति रनिङ शिल्ड तथा शैक्षिक महोत्सव
रानीथुम्का आधारभूत विद्यालयमा महायज्ञ हुँदै
लामो समयदेखि फरार रहेका दुई प्रतिवादी पक्राउ
अर्जुनचौपारीमा एकदिने स्वास्थ्य शिविर
६ विद्यालयका एक सय १२ विद्यार्थीलाई न्यानो कपडा
यो पनि पढौँ
पोखरा रंगशालामा पनि फ्लडलाइट जडान गरिनेछः कुलमान घिसिङ
पोखरेललाई फकाउँदै ओली- घच्चमच्च भएको भए सरी, विरोधीले लखेटेका बेला साथ खोजेको हुँ
एमालेका युवराज र अष्टलक्ष्मीसहित तीन शीर्ष नेताले सक्रिय राजनीति छाडे
नवनियुक्त ४ मन्त्रीले लिए शपथ, को हुन् नयाँ मन्त्री?