पोखरा । पोखरा महानगरपालिकामा नयाँ भर्ना गरिएका नगर प्रहरी सोमबारदेखि कार्यक्षेत्र प्रवेश गरेका छन् । महानगरले ४८ जना नगर प्रहरीहरु नयाँ भर्ना गरेको थियो । उनीहरुले आफ्नो ४५ दिनको कठिन तालिम सम्पन्न गरेर आजदेखि कार्यक्षेत्रमा प्रवेश गरेका हुन् । कार्यक्षेत्र प्रवेशअघि पोखरा महानगरपालिकाका कार्यबाहक मेयर मञ्जुदेवी गुरुङले नगर प्रहरीहरुलाई अनुशासित, इमान्दार, जिम्मेवार र धैर्यतापूर्वक काम गर्न निर्देशन दिएकी छन् ।
तपाईहरु नगर प्रहरी बन्न धेरै परिक्षा पास गरेर आउनुभएको छ उनले भनिन्, “फेरी पनि यहाँहरुको पाइला पाइलामा परीक्षा सुरु भएको छ । त्यसैले अनुशासन, इमान्दारिता जिम्मेवार र धैर्यतालाई ध्यानमा राखेर काम गर्नसके अब्बल राष्ट्रसेवक बन्नुहुने छ ।” काबा मेयर गुरुङले नगर प्रहरीले गर्ने काम र ब्यवहारले महानगरका जनप्रतिनिधि र स्वयम प्रहरी सफल हुने भन्दै महानगरका गतिबिधि, जनप्रतिनिधि र कर्मचारी नागरिक निगरानीमा रहने भएकाले महानगरको प्रतिष्ठा उच्च बनाउने गरी इमान्दारीताका साथ काम गर्न निर्देशन दिइन्। उनले गलत र नराम्रो काम गरे जागीर जाने सम्मको कारबाही हुने चेतावनी दिंदै महानगरको हितमा कर्तब्य निष्ठ भएर काम गर्न आग्रह गरिन्।

महानगरका प्रमुख प्रशासकीय अधिकृत श्यामकृष्ण थापाले महानगरको नीति नियमभित्र रहेर जिम्मेवारी निर्वाह गर्न आग्रह गरे। उनले नियम बमोजिम गरेका काममा महानगरले संरक्षण गर्ने र कानुन विपरित गरे काबाही हुने बताउदै भने,“रामो काम गरे पुरस्कृत र गतल गरे दण्डीत हुन्छ । त्यसैले इमान्दारीता र अनुशासनका साथ जिम्मेवारी निर्बाह गर्नुस् ।” उनले चेन अफ कमाण्डमा चल्न समेत नगर प्रहरीलाई निर्देशन दिए।
कार्यक्रममा पोखरा महानगरका नगर प्रहरी प्रमुख पुरुषोत्तम थापाले नगर प्रहरीको काम, कर्तब्य र अधिकारका बारेमा जानकारी गराएका थिए।
सम्बन्धित खबर
स्याङ्जाका कृषकलाई साढे दुई करोडभन्दा बढी अनुदान
ग्यास कृत्रिम अभाव सिर्जना नगर्न प्रशासनको आग्रह
स्याङ्जामा वर्षभर १७६ व्यवसायको अनुगमन, ९० हजार रुपैयाँ जरिवाना
स्याङ्जामा बाघको आक्रमणबाट १० वटा बाख्रा मरे
१५ वर्षपछि दामाचौर–रामपुर जोड्ने ट्रस पुल निर्माण सम्पन्न
गण्डकीका प्रदेश प्रमुख भट्टले गरे गाँजा विधेयक प्रमाणीकरण
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो
बसले ठक्कर दिँदा सुनकोशीमा खसेकाे कारभित्र ४ यात्रु रहेको खुल्यो