काठमाडौँ । चिकित्सकमाथि भइरहेको आक्रमणविरुद्ध डाक्टर एवम् स्वास्थ्यकर्मीहरुले विरोध प्रदर्शन गरेका छन् ।
उनीहरुले मंगलबार सुरक्षाको माग गर्दै काठमाडौंको माइतीघर मण्डलामा प्रदर्शन गरेका हुन् । आज बिहानैदेखि विभिन्न ठाउँबाट र्यालीसहित डाक्टर एवम् स्वास्थ्यकर्मीको टोली माइतीघर मण्डलामा भेला भइ प्रदर्शन गरेका हुन् ।
हिजो मनिपाल अस्पतालमा चिकित्सक डा. अनिल शाहमाथि पोखरा ५ मालेपाटनका विनय गुरुङले कुटेपछि ठूलो भीड जम्मा पारी अस्पताल तोडफोड गरिएको थियो ।
अस्ति लमजुङ अस्पतालमा ड्यूटीमा रहेका डा. सन्दीप अधिकारीलाई बेसीशहर नगरपालिका– ७ का वडाध्यक्ष ऋषिराम बस्नेतले कुटपिट गरेका थिए ।
यसअघि गएको २७ गते हेटौँडा उपमहानगरपालिका वडा नम्बर–१ मा रहेको सञ्चो अस्पतालमा कार्यरत डाक्टर विकास थापा र डक्टर प्रशान्त बिडारीमाथि कुटपिट भएको थियो । यसको विरोधमा नेपाल चिकित्सक सङ्घले ३१ गते देशभर सरकारी अस्पतालको आकस्मिक सेवा बन्द गरेर विरोध गरेको थियो ।
दोषीलाई कारबाही गर्ने सहमतिपछि सङ्घले आन्दोलन फिर्ता गरेको थियो । तर, फेरि डाक्टरमाथि कुटपिट भएपछि डाक्टर तथा स्वास्थ्यकर्मी कार्यस्थलमा सुरक्षाको प्रत्याभूति हुनुपर्ने, स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी संशोधन ऐन कार्यान्वयन गर्नुपर्ने माग राखेर आन्दोलनमा निस्किएका हुन् ।
सम्बन्धित खबर
रौतहटमा चट्याङ लागेर एक जनाको मृत्यु
निदाएका श्रीमानमाथि दाउ प्रहार गरी हत्या
गायिका रचना रिमाल डिस्चार्ज
हेवा खोलामा बेलिब्रिज खस्दा ३ जना मजदुरको मृत्यु
मोटरसाइकल दुर्घटनामा प्रहरी हवल्दारको मृत्यु, श्रीमती र छोरा गम्भीर घाइते
बदली र वर्षाको सम्भावना कहाँ-कहाँ?
यो पनि पढौँ
अपडेट: मृतक तनहुँका मनोज भुजेल, स्याङ्जाका ट्याक्टर चालक र सहचालक पक्राउ
पोखरामा होटलको छतबाट खसेर बुटवलकी महिलाको मृत्यु
पोखराको वन क्याम्पस नजिकै सडकमा युवकको हत्या
वन विज्ञान क्याम्पस क्षेत्रका स्थानीय भन्छन्ः घटना राति नै भएको हुनसक्छ