पोखराको मणिपाल शिक्षण अस्पतालमा मृतकका आफन्त सामू ‘डाक्टरहरूलाई साफ चुटेर आएँ’ भन्दै अपशब्द बोलेका प्रहरी निरीक्षक (इन्स्पेक्टर) मदन श्रेष्ठ निलम्बनमा परेका छन् ।
श्रेष्ठलाई तत्काल अनुसन्धानका लागि निलम्बन गरिएको प्रदेश प्रहरी कार्यालय प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआईजी) बुद्धिराज गुरुङले जानकारी दिए । डाक्टरहरुको भीडलाई लाठिचार्ज गरेर फर्किएपछि उनले अश्लिल शब्द बोल्दै ‘डाक्टरलाई साफ चुटेर आएँ, ढुटो पारेर रगतै रगत बनाएँ’ भनेको भिडियो भाइरल छ ।
विवादास्पद अभिव्यक्ति दिएपछि उनको चर्को विरोध पनि भइरहेको छ । उनीमाथि छानबिन गर्न प्रदेश प्रहरी कार्यालय, गण्डकीका प्रहरी वरिष्ठ उपरीक्षक सुरेशसिंह कोइरालाको संयोजकत्वमा समितिसमेत बनेको छ ।
कास्की जिल्ला प्रहरी कार्यालय कास्कीले श्रेष्ठको निलम्बन सिफारिस गरेको हो । जिप्रकाले श्रेष्ठलाई निलम्बनको सिफारिस गृह मन्त्रालयलाई गरेको हो । प्रहरी निरीक्षकदेखि माथिका विभागीय कारबाहीका सम्पूर्ण अधिकार माथि नै रहेको कास्की प्रहरी प्रमुख एसपी मोहन थापाले गण्डकन्यूजलाई जानकारी दिए ।
छानबिन तथा अनुसन्धानका लागि इन्स्पेक्टर श्रेष्ठलाई निलम्बन गरिएको प्रहरी प्रधान कार्यालयका प्रवक्ता प्रहरी नायब महानिरीक्षक कुवेर कडायतले पुष्टि गरेका छन् । निलम्बनको अवधि छ महिनाको हुन्छ । दोषी देखिए नियमानुसार विभागीय कारबाही हुन्छ ।
इन्स्पेक्टर श्रेष्ठ हालै कास्कीमा सरूवा भएर आएका हुन् ।
सोमबार मणिपाल अस्पतालमा उपचाररत लमजुङकी ५७ वर्षीया सुकमाया दुराको निधन भएको थियो । त्यसपछि दुराका आफन्त र चिकित्सकबिच विवाद उत्पन्न भई डाक्टरमाथि कुटपिट भएको थियो । चिकित्सकहरु सेवा नै ठप्प पारी आन्दोलित छन् । मणिपालमा भर्ना भई उपचार गराइरहेका अरु बिरामीहरुको उपचार पनि प्रभावित भएको छ
सम्बन्धित समाचारः
संरक्षण गर्नुपर्ने प्रहरीले नै डाक्टर कुटे ! [भिडियो]
सम्बन्धित खबर
पोखराको फिर्केखोला अतिक्रमण मुक्त बनाउने अभियान बीचमै रोकेपछि महानगरलाई ध्यानाकर्षण
संघीय कानुनसँग बाझिएपछि गण्डकी प्रदेश प्रमुख भट्टले प्रमाणीकरण नगरी फिर्ता गरे गाँजा विधेयक
लोकगीतमै नेपालीपन देख्ने जनकविकेशरी थापाको योगदान अविष्मरणीयः प्रदेश प्रमुख भट्ट
पोखराको पालिखेचोकमा मोटरसाइकल दुर्घटना, पर्वतका २४ वर्षीय सुनारको मृत्यु
पत्रकार केशव पाठकसहित सात जना प्रदेश खेलकुद पदकबाट विभुषित
बाल यौन दुर्व्यवहार आरोपमा पोखरा १२ स्थित सरस्वती आविका प्रअ रानाभाट पक्राउ
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो
सपनामा पनि मलाई संघीयता विरोधी नसोच्नुस्, हिन्दूराष्ट्र र राजतन्त्रको पक्षमा म छैन: बालेन
रविले बोलाएको सर्वदलीय बैठकमा प्रधानमन्त्री र गृहमन्त्री नै गएनन्