गण्डकीका मुख्यमन्त्री पाण्डे र अमेरिकी उपविदेश मन्त्रीबीच भेट

गण्डकीका मुख्यमन्त्री पाण्डे र अमेरिकी उपविदेश मन्त्रीबीच भेट

Surendra-Pandey

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे र अमेरिकी उपविदेश मन्त्री जेनी वाइनीबीच भेटवार्ता भएको छ ।

बिहीबार मुख्यमन्त्री कार्यालयमा भएको भेटमा पाण्डेले गण्डकी प्रदेशको समुन्नतीको प्रमुख पाटो पर्यटन रहेकाले यस क्षेत्रमा सहकार्य गर्न सकिने बताएका थिए ।

पाण्डेले प्रदेश सरकारले पर्यटनलाई पहिलो प्राथमिकतामा राखेर लगानी गरिरहेकाले दातृ राष्ट्रको सहयोग पनि यस क्षेत्रमा आवश्यक भएको बताएका उनको सचिवालयले जनाएको छ ।

‘बसाइँसराइ रोक्न र गाउँमै रोजगारीको अवसर सिर्जना गर्ने खालका प्रोजेक्टमा हामीलाई सहयोगको खाँचो छ, सहकार्य गर्न सक्छौ‌ं,’ पाण्डेले भने ।

प्रदेश सरकारको प्राथमिकताको क्षेत्रहरु कृषि, स्वास्थ्य, शिक्षामा पनि दातृ निकायसँग सहकार्य गरेर अघि बढ्न सकिने मुख्यमन्त्री पाण्डेले बताए ।

भेटमा अमेरिकी उपविदेशमन्त्री एवं आप्रवासन बिभागका उप सहायक सचिव वाइनीले बिगतदेखि नेपाल र अमेरिकी सरकारबीचको सम्बन्ध अहिलेपनि सौहार्द रहेको बताउँदै सरकारको प्राथमिकताका क्षेत्रहरुमा सहकार्य हुने बताएकी छिन् ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ