पोखरामा भईरहेको ईन्टर कलेज व्याण्ड कम्पिटिसनको फाइनल राउण्डमा ११ वटा कलेज छनौट भएका छन् । पोखरा सांगीतिक कलाकार संघको आयोजनामा पोखराको नयाबजारस्थित प्रदर्शनी केन्दैमा शुक्रबारदेखि शुरु भएको प्रतियोगिताको फाईनल राउण्डमा ११ वटा कलेज छनौट भएका हुन् । प्रतियोगिताको फाईनल राउण्ड शनिबार हुनेछ । फाईनल राउण्ड पूर्वाह्न ११ बजेदेखि शुरु हुने जनाइएको छ ।
प्रतियोगिताको फाइनल राउण्डमा मदरल्याण्ड मावि, प्रतिभा मावि ‘सी’, सगरमाथा मावि, कुमुदिनी होम्स, लाभेन्ज बोर्डिङ स्कुल, ईन्फोमेटिक्स कलेज, ग्लोवल कलेजियट, पोखरा एकेडेमी, लिङ्कन कलेज, प्रगती बोर्डिङ स्कुल ‘बी’ र कालिका मावि छनौट भएको पोखरा सांगीतिक कलाकार संघका अध्यक्ष हर्कराज गुरुङ भाईले जानकारी दिए ।
शुक्रबार भएको सेमीफाइनल राउण्डबाट भद्रकाली मावि, कुमुदिनी होम्स, कान्तिपुर कलेज, प्रतिभा मावि ए र बी, प्रगती बोर्डिङ स्कुल ए, न्यू ग्यालेक्सी, डायमण्ड मावि, पश्चिमाञ्चल मावि प्रतिष्पर्धाबाट बाहिरिएका छन् ।
यसअघि शुक्रबारदेखि शुरु भएको प्रतियोगिताको गण्डकी प्रदेश सभा सदस्य तथा पूर्व मन्त्री विन्दुकुमार थापाले उद्घाटन गरेका थिए । उद्घाटन कार्यक्रममा बोल्दै प्रदेश सांसद थापाले राज्यले कला र संगीतको क्षेत्रमा लगानी बढाउनुपर्ने आवश्यक्ता औंल्याए । संगीत जीवनको लागि अति उपयोगी कुरा हो,उनले भने,‘तर राज्यले लगानी नगर्दा यो क्षेत्र पछाडि प¥यो ।’ कला र संगीतमा शक्ति हुने भन्दै यसलाई विद्यालय स्तरबाटै विकास गर्न सके अन्र्तराष्ट्रिय क्षेत्रमासमेत आफ्नो उपस्थिति देखाउन सकिने उनको भनाई थियो । उनले राज्य र शिक्षा क्षेत्र सम्बद्ध संघसंस्थाहरुले गर्नुपर्ने कार्यक्रम पोखरेली कलाकार संघले गरेर संगीतप्रति विद्यालय, विद्यार्थी, अभिभावक र राज्यको ध्यानाकृष्ट गर्न सफल भएकोसमेत बताए ।
गण्डकी प्रज्ञा प्रतिष्ठानका कुलपती सूर्य खड्का बिखर्चीले संगीत विश्वको भाषा भएकाले यसको महत्व र प्रभाव सबैभन्दा बढी हुने बताए । त्यसैले कला र संगीतको उन्नयन र विकासमा राज्यले ध्यान दिनुपर्ने उनको भनाई थियो । राज्यले कान खोलेर सूनोस्,उनले भने,‘संगीत शिक्षाका लागि अपरिहार्य छ । त्यसैले राज्यले लगानी बढाओस् ।’
पोखराको सांगीतिक माहोल तताउँदै व्याण्डहरुलाई पुनःजागृत गराउने उद्देश्यले ईन्टर कलेज व्याण्ड कम्पिटिसन गर्न लागेको पोखरा सांगीतिक कलाकार संघका अध्यक्ष हर्कराज गुरुङले बताए । प्रतियोगिताले विद्यालयमा अध्ययनरत विद्यार्थीमा लुकेर रहेका प्रतिभाको उजागर गर्नुका साथै विद्यालयमा सांगीतिक माहोल सिर्जना गर्नका लागि वातावरण बनाउने उनको भनाई छ । ‘सुस्ताएको सांगितीक क्षेत्रलाई उठाउने प्रयास हो । यसमा व्याण्डले सबै विधामा प्रस्तुती दिन सक्छन् ।’–उनले भने ।
संघका उपाध्यक्ष टोपबहादुर खत्रीले पोखरा व्याण्डहरुको राजधानी भएकाले त्यहि पुरानो विरासत फर्काउन प्रतियोगिता गरिएको बताए । यसले संगीत सिर्जनामा लाग्न प्रेरणा र दवाब पुग्ने विश्वास व्यक्त गरे ।
सचिव भाष्करध्वज श्रेष्ठले कार्यक्रमले एकातिर विद्यालयमा भएका प्रतिभालाई उजागार गर्ने र अर्कोतिर सांगितिक माहोल सृजना गर्न कोशेढुंगा सावित हुने विश्वास व्यक्त गरे । मानसिक स्वास्थ्य सुधार्नपनि कार्यक्रमले सघाउने उनको भनाई छ ।
ईन्टर कलेज व्याण्ड कम्पिटिसनमा भोलि डि–मर्चा व्याण्ड, लेकाली व्याण्ड र शान्तराज बज्राचार्यको देउराली व्याण्डको विशेष प्रस्तुती रहने जनाइएको छ ।
प्रतियोगितामा सहभागि हुने दर्शकलाई नेपाल टेलिकमको सिम निःशुल्क वितरण गरिरहेको छ । कार्यक्रम हुने अवधीभर कार्यक्रम स्थलमा स्टल राखेर दर्शकले काटेको टिकटको आधारमा सिम वितरण भइरहेको संघका अध्यक्ष हर्कराज गुरुङ (भाई)ले जानकारी दिए ।
प्रतियोगिताको उपाधि बिजेतालाई नगद १ लाखसहित प्रमाणपत्र, उपबिजेतालाई नगद ५० हजार र तेश्रो हुनेलाई नगद २५ हजारसहित प्रमाणपत्र प्रदान गरिने जनाइएको छ । त्यस्तै, प्रतियोगितामा उत्कृष्ट भोकल, लिड गिटार, रिदम गिटार, बेस गिटार र उत्कृष्ट ड्रमरलाईपनि नगद ५÷५ हजारसहित प्रमाणपत्र प्रदान गरिने सचिव श्रेष्ठले जानकारी दिए ।
सम्बन्धित खबर
पोखरामा बोलबमको तयारी तीव्र, पैदल यात्रामै सहभागी भइदिन आग्रह
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाका कास्कीका योजनाहरूको अनुगमन
तनहुँको अम्रेनीमा रोकिराखेको ट्रकमा ठोक्किँदा स्कूटर चालकको मृत्यु, एक घाइते
भानु जयन्तीका अवसरमा कार्यक्रम
श्रीकृष्ण प्रणामी मन्दिरमा एक महिने श्रीमदवीतक चर्चा एवं श्रीकृष्ण कथा प्रवचन हुने
राष्ट्रिय विभूति तथा सहिद पार्कमा वृक्षारोपण र गोडमेल
यो पनि पढौँ
एसइईकी कान्छी टपर पोखराकी एञ्जिला
पोखरामा बसमा सवार महिलाको घाँटिबाट सिक्री चोरेर फरार भएका २ जना काठमाडौंबाट पक्राउ
रास्वपा स्याङ्जाका नेता प्रकाश अर्यालबाट कुटिएँ भन्दै मजदुरले गुहारे प्रहरी
आइतबार गण्डकी प्रदेशमा सार्वजनिक बिदा