पोखरा । पोखरामा आयोजित पाँचौ संस्करणको विद्यालय नाटक महोत्सव शुक्रबार सम्पन्न भएको छ । गत भदौ २७ गतेबाट सुरु भएको नाटक महोत्सवमा कुल १५ नाटक मञ्चन भए । यसरी मञ्चन भएका नाटकमा शिलान्यास, भूत, भोला, कोही किन बर्बाद होस्, अँध्यारामा बाच्नेहरू, खेल्ने बेला खेल्छौं, पढ्ने बेलामा पढ्छौं, कीर्तिपुरको युद्धमा, मुना मदन, पाठशाला, आँधीको मनोरम नृत्य, हिउँ जस्ती गोरी, कर्मको फल, यती, बिर्सन नसकिने मान्छे र मसान थिए ।
नाटक महोत्सवमा पुगेर ६ हजार भन्दा बढी दर्शकले नाटक हेरेको र ४ सय भन्दा बढी कलाकारले अभिनय मार्फत आफ्नो प्रतिभा प्रस्फुटन गरेको महोत्सव संयोजक एवं आयोजक पोखरा थिएटरका अध्यक्ष परिवर्तनले जनाए ।
‘शिक्षण विधिको रुपमा विद्यालयमा नाटक’ भन्ने नाराका साथ महोत्सव आयोजना गरिएको हो । थिएटरले २०७६ मा पहिलोपटक महानगरपालिका स्तरिय विद्यालय नाटक महोत्सव गरेको थियो । त्यसपछि गण्डकी प्रदेशस्तरिय विद्यालय नाटक महोत्सव आयोजना गर्यो । लगातार तीन वर्षसम्म प्रदेश स्तरिय विद्यालय नाटक महोत्सव आयोजना गरेको थिएटरले यो पटक पोखरा विद्यालय नाटक महोत्सव आयोजना गरेको हो ।
महोत्सवको लागि प्रमुख सहकार्य पोखरा प्रज्ञा–प्रतिष्ठान गरेको थियो भने गण्डकी प्रज्ञा–प्रतिष्ठान र राइट फर चिल्ड्रेनले सहकार्य गरे । महोत्सवको प्रवद्र्धकको रुपमा पोखरा महानगरपालिका कार्यालय रहेको थियो । मिडिया पार्टनरका रुपमा पब्लिक फोर के टेलिभिजन रहेको थियो ।
महोत्सवमा मञ्चन भएका हरेक नाटकलाई प्रोत्साहन स्वरुप १० हजार रुपैयाँ प्रदान गरिएको आयोजकले जनाए । महोत्सवको छेको पारेर ‘नाटकलाई विद्यालयहरुले कसरी प्रयोग गर्ने’ शिर्षकमा अन्तरक्रिया कार्यक्रम समेत आयोजना भएको थियो ।
सम्बन्धित खबर
स्याङ्जा नागरिकता किर्ते प्रकरण : ताकेतापछि मात्रै ३ कर्मचारी पक्राउ
राजनीति र व्यवसायसँगै कृषिमा रमाउँदै पूर्ववडाध्यक्ष अधिकारी
कालीगण्डकी गोल्डकप : होराइजन र ज्योतिपुञ्ज सेमिफाइनलमा
कालीगण्डकी गोल्डकपमा आज चापाकोट र होराइजन तथा ज्योतिपुञ्ज र भदौरे भिड्दै
कालीगण्डकी गोल्डकपमा पोखरा र गोरखा सेमिफाइनलमा
स्याङ्जामा ट्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु, तीन घाइते
यो पनि पढौँ
पोखरामा स्कुटर दुर्घटना हुँदा कुँवरको मृत्यु
आईजीपी कार्कीलाई राजीनामा दिन प्रधानमन्त्री बालेन टीमको दबाब !
जीर्ण पोल र गुजुल्टिएका तार हटाएपछि फर्कियो पोखराको सौन्दर्य
असोज २५ को बूढीगण्डकी बाढीमा फसेको कुकुर भोकै, उद्धारका लागि स्थानीयको अपिल