पोखरा । पत्रकार कमल पौडेल अथक तीर्थसागर स्मृति लोक तथा दोहोरीगीत पत्रकारिता पुरस्कार २०८० बाट पुरस्कृत भएका छन् ।
राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल गण्डकी प्रदेशको पाँचौ बार्षिक साधारण सभाको अवसरमा शनिवार पोखरामा आयोजित कार्यक्रममा अथकलाई सो पुरस्कारबाट पुरस्कृत गरिएको हो ।
बिगत २ दशक भन्दा बढी पोखरामा पत्रकारिता गर्दै आएका अथक रेडियो, पत्रिका, टेलिभिजन, अनलाइनमा काम गर्दै आएपनि हाल उनी रेडियो सराङकाटका समाचार प्रमुख एवं समयदृष्टि डटकमका प्रधानसम्पादक रहेका छन् ।
राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान स्याङ्जाका पूर्व उपाध्यक्ष रहेका अथकका जाउँलाबाटो भरतपुरको, भीरमा लौसीबोट, कतागयौ फूल कुचँदै, मुटु जलाम्दै, रोएकी चेली लगायतका लोक तथा दोहोरी गीतको साथै गीत गजल, हाइकु खण्डकाव्य, उपन्यास गरी डेढ दर्जन बढी साहित्यीक कृति प्रकाशित छन् ।
पत्रकार अथकले पत्रकारिताको माध्यमबाट लोकदोहोरीको क्षेत्रमा कलम चलाएकोमा पुरस्कृत गरिएको हो । प्रतिष्ठान गण्डकीका संरक्षक एवं बरिष्ठ लोकदोहोरी गायक प्रजापति पराजुली, अध्यक्ष राजन कार्की लगायतले पत्रकार अथकलाई दोसल्ला, चेक र सम्मान पत्रले पुरस्कृत गरे ।
सो अवसरमा बाेल्दै संरक्षक पराजुलीले लोक तथा दोहोरी गीतको नजिक रहेर प्रतिष्ठानको उन्नयन र विकासको लागि कलम चलाउने एक कुशल पत्रकार सम्मान गर्न पाउँदा खुसी लागेको बताए । उनले हरेक कुरामा दुःख र परिश्रमले मात्र उचाइमा पुर्याउने बताए । अहिले दोहोरीमा लाग्नेहरुले आफू अनुशासनमा बस्दै राज्यले दिने सेवा सुविधाको बारेमा पनि ध्यान दिन आग्रह गरे ।
पुरस्कृत पत्रकार कमल पौडेल अथकले आफ्नो यात्रा सुरुमा लोकदोहोरी नै भएको स्मरण गरे । पेशाले पत्रकारिता नै गरेपनि लोक तथा दोहोरी गीतमा उत्तिकै रुची रहेको र यसलाई आफूले कहिल्यै नभुल्ने उनले बताए ।
सोहि अवसरमा संस्थाले नरबहादुर स्मृति पत्रकारिता पुरस्कार २०८० बाट लोक दोहोरी गायिका सरस्वती परियारलाई पुरस्कृत गरेको छ ।
सम्बन्धित खबर
स्याङ्जाका कृषकलाई साढे दुई करोडभन्दा बढी अनुदान
ग्यास कृत्रिम अभाव सिर्जना नगर्न प्रशासनको आग्रह
स्याङ्जामा वर्षभर १७६ व्यवसायको अनुगमन, ९० हजार रुपैयाँ जरिवाना
स्याङ्जामा बाघको आक्रमणबाट १० वटा बाख्रा मरे
१५ वर्षपछि दामाचौर–रामपुर जोड्ने ट्रस पुल निर्माण सम्पन्न
गण्डकीका प्रदेश प्रमुख भट्टले गरे गाँजा विधेयक प्रमाणीकरण
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो
बसले ठक्कर दिँदा सुनकोशीमा खसेकाे कारभित्र ४ यात्रु रहेको खुल्यो