पर्वतको कुश्मा स्थित तमादीखोलाले टाटा सुमो जीप बगाउँदा बेपत्ता भएका तीन जनामध्ये दुई जनाको पहिचान खुलेको छ ।
कास्की नौडाँडाका विजय भन्ने माधव पौडेल र रुपन्देहीका गोपाल बस्याल नाम खुलेको र परिवार डाकिएको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रमुख डीएसपी खुमलाल भुसालले जानकारी दिए । शव भने एक जनाको मात्र भेटिएको छ ।
‘गाडी टुक्रा टुक्रा भेटिएको छ । मोदीखोला दोभानसम्मै पार्ट पार्ट छन् । हराएका तीन जना मध्ये १ जना मृत भेटिएका छन् । २ जनाको नाम खुलेको छ । परिवार डाकेका छौँ । आउँदै हुनुहुन्छ । परिवारले कन्फर्म गरेपछि मात्र पुष्टि हुनेछ ।’ डिएसपी भुसालले गण्डकन्यूजसँग भने ।
चालक पोखरा हेम्जाका बसन्तबहादुर थापा हुन् । उनले नै घटनामा ३ जना परेको जानकारी प्रहरीलाई दिएका हुन् । चालकका अनुसार एक जना धौलागिरी काउन्टरबाट चढेका हुन् भने २ जना बाटैमा चढेका हुन् ।
बाग्लुङबाट पोखरा आउँदै गरेको ग१ज ६२१३ नम्बरको जीप शनिबार साँझ साढे ६ बजे खोलाले बगाएको थियो । पर्वतको कुश्मा नगरपालिका वडा नं. ७ र ८ को सीमा खोला तमादीमा आएको बाढीले खोला पार गरिरहेको जीपलाई बगाएको हो ।
जीप खोलामा आइपुगेपछि पार गर्न खोज्दा नसकेपछि ओर्लिएर जीप ओड लगाउन लाग्दा एक्कासी ग्रेगरसहितको बाढी आएर जीप बगाएको चालकले प्रहरीसामू बयान दिएका छन् । गाडी भित्र रहेका तीन जना पनि सँगै बगेको डीएसपी भुसालले बताए ।
उनका अनुसार नेपाली सेना, सशस्त्र प्रहरीसहित नेपाल प्रहरी टोलीले शव खोजीकार्य जारी राखेको छ । इन्स्पेक्टर अविनास जिसीको नेतृत्वमा जिल्ला प्रहरी कार्यालयको टोली खोजी कार्यमा जुटेको छ । तमादीखोला चुवा र खरेहा नजिकैको खोला हो । जहाँ पुल छैन । कजवे पार गर्ने क्रममा जीप बगेको हो ।
तस्वीर: पत्रकार राजन पौडेलको भिडियोबाट
सम्बन्धित समाचारः
पर्वत जीप दुर्घटनाः एक जनाको शव फेला, गाडीको पाटपूर्जा मोदीखोला दोभानमा भेटियो
पर्वतमा तमादी खोलाले जीप बगाउँदा ३ यात्रु बेपत्ता, चालक सुरक्षित
सम्बन्धित खबर
नेपाल टेलिकमद्वारा बाग्लुङमा विद्यार्थीलाई स्कुल ब्याग वितरण तथा FTTH सेवा शुभारम्भ
स्याङ्जामा करेन्ट सर्टबाट दुई ठाउँमा आगलागी
पुस्तकालय व्यवस्थापन सम्बन्धी तालिम सम्पन्न
पुतलीबजार राष्ट्रपति रनिङ शिल्डको उपाधि रोशनी माविलाई
पुतलीबजारका करिब एक हजारलाई कुखुराका चल्ला वितरण
६२ वर्षपछि श्रेष्ठले पाए जग्गाको एक करोड रुपैयाँ मुआब्जा
यो पनि पढौँ
चरक मेमोरियल हस्पिटलको १३ औं वार्षिकोत्सवमा विविध कार्यक्रम
‘पोखरा विन्टर फेष्ट’ आगामी शनिबार, चर्चित भारतीय कलाकार सञ्जु राठोडको प्रस्तुती रहने
इन्धनबाट चल्ने गाडीहरु विस्थापन हुँदा सयौँ मजदुरहरु पलायन हुने स्थिति आयोः श्रेष्ठ
पोखरेललाई फकाउँदै ओली- घच्चमच्च भएको भए सरी, विरोधीले लखेटेका बेला साथ खोजेको हुँ