बाग्लुङबाट पोखरा आउँदै गरेको जीप पर्वतको कुश्मा स्थित तमादीखोलाले बगाउँदा बेपत्ता भएका तीन जनामध्ये एक जनाको शव फेला परेको छ ।
जिल्ला प्रहरी कार्यालय पर्वतका प्रमुख डीएसपी खुमलाल खुमलाल भुसालले केही समय अघि खोजीको क्रममा एक जनाको शव भेटिएको गण्डकन्यूजलाई जानकारी दिए । जीपको केही भाग मोदीखोला दोभानमा भेटिएको छ । त्यहीँ नेपाली सेना, सशस्त्र प्रहरीसहित नेपाल प्रहरी टोलीले खन्न सुरु गरेको छ ।
डिएसपी भुसालका अनुसार इन्स्पेक्टर अविनास जिसीको नेतृत्वमा जिल्ला प्रहरी कार्यालयको टोली खोजी कार्यमा जुटेको छ । डिएसपी भुसालले चालक अहिले प्रहरीकै सम्पर्कमा रहेको बताए ।
उनले भने– ‘माथितिर झनै बढी बर्षा भएको रहेछ । खहरे खोला उर्लेर आयो । खोलानेर जीप पुग्दा पार गर्न नसकेपछि रोकेर ओड लगाउन लाग्दा ग्रेगरसहितको बाढी आएर जीप बगायो । भित्र रहेका तीन जना पनि सँगै बगे भनेर चालकले भनेका छन् । एक जना बाग्लुङबाटै चढेको र २ जना बीचबाट चढेको उनले बताएका छन् ।’ यात्रु सबै पुरुष हुन् । चालक पोखरा हेम्जाका बसन्तबहादुर थापा हुन् ।
ग१ज ६२१३ नम्बरको जीप शनिबार साँझ साढे ६ बजे खोलाले बगाउँदा जीपसहित ३ जना वेपत्ता भएका हुन् । पर्वतको कुश्मा नगरपालिका वडा नं. ७ र ८ को सीमा खोला तमादीमा आएको बाढीले खोला पार गरिरहेको जीपलाई बगाएको सर्वप्रथम त्यहाँबाट पत्रकार कृष्ण अखेलीले जानकारी दिए । तमादीखोला चुवा र खरेहा नजिकैको खोला हो । जहाँ पुल छैन । कजवे पार गर्ने क्रममा जीप बगेको हो ।
तस्वीरः पत्रकार रोशन तिवारीको भिडियाेबाट
सम्बन्धित समाचारः
पर्वतमा तमादी खोलाले जीप बगाउँदा ३ यात्रु बेपत्ता, चालक सुरक्षित
सम्बन्धित खबर
पुल नहुँदा सदरमुकामकै दुई खोलामा जोखिमपूर्ण यात्रा
पोखरामा थ्री–एस सुविधासहित बीवाइडीको आधिकारिक सर्भिस सेन्टर खुल्यो
बाघको आक्रमणमा दुई बाख्रा मरे
स्याङ्जा प्रशासनको सेवा अब सहज, नयाँ प्रणालीले घटायो लाइन र झन्झट
कञ्चन पत्रकारिता पुरस्कार २०८३ बाट पत्रकारद्वय सारु र जिटी सम्मानित
वर्षा र चितुवाको प्रकोपले पुतलीबजारका किसानलाई दोहोरो मार
यो पनि पढौँ
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
बसले ठक्कर दिँदा सुनकोशीमा खसेकाे कारभित्र ४ यात्रु रहेको खुल्यो
गण्डकीका प्रदेश प्रमुख भट्टले गरे गाँजा विधेयक प्रमाणीकरण