पोखरा । प्रथम ईन्टर कलेज व्याण्ड कम्पिटिसनको उपाधि पोखरा लिङ्कन कलेजले जितेको छ । पोखरा सांगीतिक कलाकार संघको आयोजनामा पोखरामा शनिबार सम्पन्न प्रतियोगिताको उपाधि पोखरा लिंकन कलेजको ‘द लिङ्कन व्याण्ड’ले जितेको हो । फाईनल राउण्डमा गरेको उत्कृष्ट प्रस्तुतीका आधारमा सो व्याण्डले फाईनल राउण्डको १० प्रतिष्पर्धीलाई पछि पार्दै नगद एक लाखसहित ट्रफी र प्रमाणपत्र प्राप्त गर्यो ।
प्रतियोगितामा ईन्फोमेटिक्स कलेजको ‘द ईन्टरभल्स व्याण्ड दोश्रोहुँदै नगद ५० हजारसहित ट्रफी र प्रमाणपत्र प्राप्त ग¥यो । भने ग्लोवल कलेजिटको ‘उत्वेग व्याण्ड’ले तेश्रोहुँदै नगद २५ हजारसहित ट्रफी र प्रमाणपत्र प्राप्त गर्यो ।
त्यस्तै, उत्कृष्ट भोकलमा पोखरा लिङ्कन कलेजका रोमित गुरुङ, लिड गिटारमा कालिका माविका अनमोल थापा, रिदम गिटारमा ईन्फोमेटिक्स कलेजका सन्दीप आले मगर, बेस गिटारमा ग्लोवल कलेजियटका अनुपम रिजाल र ड्रमरमा पोखरा लिङ्कन कलेजका विनोद सुनार उत्कृष्ट घोषित भए । विधागततर्फका उत्कृष्ट घोषित भएकाहरुले नगद ५/५ हजार र प्रमाणपत्र प्राप्त गरे ।
बिजेताहरुलाई गण्डकी प्रज्ञा प्रतिष्ठानका उप–कुलपति गोरे गुरुङ, पोखरा सांगीतिक कलाकार संघका अध्यक्ष हर्कराज गुरुङ (भाई), निवर्तमान अध्यक्ष सुनिल थापा, संस्थापक अध्यक्ष श्यामसुङ गुरुङ, सल्लाहकारहरु तीर्थ तामाङ र शेरबहादुर गुरुङ, संघका उपाध्यक्ष टोपबहादुर खत्री, सचिव भाष्करध्वज श्रेष्ठ, सहसचिव बिनोद बानियालगायतले पुरस्कार वितरण गरेका थिए ।
समापन कार्यक्रममा बोल्दै पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले कला र संगीत देशको पहिचान र सभ्यतासँग जोडिने भन्दै यसको संरक्षण र विकासमा महानगरले सघाउने बताए । उनले साठीको दशकमा व्याण्डहरुको राजधानी बनेको पोखराको त्यो विरासत फर्काउनुपर्ने र त्यसका लागि महानगरले सहयोग गर्ने प्रतिबद्धतासमेत जनाए ।
गण्डकी प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव मनकुमार श्रेष्ठले पोखरा व्याण्ड नै व्याण्डहरुको सहर भएको बताए । तर अहिले सुस्ताएकाले त्यसलाई पुनःजागृत गराउनुपर्नेमा जोड दिए ।
पोखराको सांगीतिक माहोल तताउँदै व्याण्डहरुलाई पुनःजागृत गराउने उद्देश्यले प्रतियोगिता गरिएको क्लवका अध्यक्ष हर्कराज गुरुङले बताए । प्रतियोगिताले प्रतिभाको खोजी गर्दै सांगितिक माहोल सृजना गर्न कोशेढुंगा सावित हुने उनले विश्वास व्यक्त गरे ।
ईन्टर कलेज व्याण्ड कम्पिटिसनमा शनिबार भाष्करध्वज श्रेष्ठको डि–मर्चा व्याण्ड र शान्तराज बज्राचार्यको देउराली व्याण्डले विशेष प्रस्तुती राखेका थिए । जसमा दर्शकहरु झुमेका थिए ।
सम्बन्धित खबर
टाइगर कपको उपाधि गण्डकी प्रदेशलाई, पुलिस विरूद्ध बदला
आर्मीलाई हराउँदै पर्वत भलिबल टाइगर कपमा तेस्रो
प्रथम खुमा अर्याल कप टी–२० क्रिकेट लिग रनिङ शिल्ड प्रतियोगिताको उपाधि गल्याङलाई
प्रतिभा सुपर लिग क्रिकेट माघ १८ देखि २५ गतेसम्म हुने
प्रथम खुमा अर्याल कप टी–२० क्रिकेट लिग रनिङ शिल्ड: गल्याङ र वालिङ फाइनलमा
प्रथम खुमा अर्याल कप टी–२० क्रिकेट लिग रनिङ शिल्ड: सेमिफाइनल समीकरण पूरा, अन्तिम चार टिम तय
यो पनि पढौँ
कान चुँडाएर सुन लुट्ने गिरोह पक्राउ, मुख्य नाइके जेन-जी आन्दोलनमा हिरासतबाट भागेका तामाङ
सुनकाे मूल्य आज घट्यो
बाहिरियो वर्षा र हिमपात गराउने प्रणाली, यस्तो छ आगामी मौसम पूर्वानुमान
चुनावी तालमेल गर्न प्रचण्ड माधवलाई ओलीको प्रस्ताव