माछापुच्छ्रे– ७ मा सडेगलेको अवस्थामा शव फेला

माछापुच्छ्रे– ७ मा सडेगलेको अवस्थामा शव फेला

death body

पोखरा । कास्कीको माछापुच्छ्रे– ७ कमेरेपानी स्थित जङ्गलमा रुखमा झुण्डिएको र सडेगलेको अवस्थामा मानिसको शव फेला परेको छ ।

उक्त शव जिल्ला कास्की माछापुच्छ्रे– ७ घर भई हाल माछापुच्छ्रे– ८ खोराकोमुख बस्ने वर्ष ७० को बुद्धि बहादुर बि.क. रहेको प्रहरीले जनाएको छ ।

आइतबार बिहान ११ः२० बजे स्थानीय मार्फत सूचना प्राप्त हुनासाथ धम्पुस प्रहरी चौकी र वडा प्रहरी कार्यालय बगरबाट अनुसन्धान टोली खटिई गएको थियो ।

प्रारम्भिक अनुसन्धानका क्रममा मृतकको छोरा वर्ष २१ को हिटमान बि.क. ले सनाखत गरेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार मृतक बुद्धि विगत १८ महिनादेखि हराएका थिए ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds